महाशिवरात्रीमा शिवको दर्शन गर्न पूर्वराजा वीरगंज आउनु हुने
वीरगंज, १२ फागुन/
पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह महाशिवरात्रीको दिन विशेष पूजाको लागि वीरगंजस्थित अलखिया मठ शिवालयमा शुक्रबार आउनुहुने कार्यक्रम तय भएको छ ।
पूर्वरानी कोमल राज्य लक्ष्मी देवी शाहका साथमा दिउँसो चार बजे अलखिया मठमा पूजा आजा र दर्शन गरेपछि त्यहाँबाट राजदम्पत्ति वीरगंजको मुख्य सडकबाट पैदल यात्रा गरी माइस्थान स्थित गहवामाई मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने कार्यक्रम रहेको पूर्वराजाका मूख्य सचिव सागर तिमल्सिनाले स्थानीय सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भयो ।
धर्मपत्नी पूर्वबडामहारानी कोमल राज्य लक्ष्मी देवी शाहको शुभजन्मोत्सव मनाउन गत हप्ता सिमरा आइपुग्नु भएका पूर्वराजा शाहले दुई हप्ते भ्रमणको क्रममा चितवन, मकवानपुर भ्रमण पश्चात महाशिवरात्रीको अवसर पारेर शुक्रवार वीरगंज आउन लाग्नु भएको हो ।
पूर्वराजाको भ्रमणलाई भव्य एवं सभ्य बनाउन नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद, राष्ट्रिय सरोकार मञ्च नेपाल, राष्ट्रिय नागरिक संघर्ष समिति, राष्ट्रवादी शान्ति समुह, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय, शिव सेना नेपाल, देशभक्त राजभक्त समुह लगायत विभिन्न राष्ट्रवादी संघसंस्थाका पदाधिकारीहरू अन्तिम तयारीमा लागेका छन् ।
यसअघि पूर्वराजासँग विहीबार विहान सिमरास्थित प्रभु निवासमा बारा, पर्सा, रौतहट, मकवानपुर लगायत विभिन्न जिल्लाका सर्वसाधारण नागरिक एवं राष्ट्रवादी संघ संगठनका पदाधिकारी, सञ्चारकर्मी, वुद्धिजीवी, समाजसेवी लगायतका पदाधिकारीहरूले दर्शन भेट गरी देशको राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए ।
त्यसैगरी पूर्वराजा शाहसँग रिपोटर्स क्लव नेपालका मधेश क्षेत्रीय संयोजक कन्हैया गुप्ता एवं चन्द्रसूर्य वाणी दैनिक पत्रिकाका प्रधान सम्पादक सन्तोष मिश्रले भेटघाट गर्नुभएको थियो । सो भेटघाटमा पूर्वराजाको अनुहारमा देश र जनताको नाजुक अवस्थाबारे चिन्ता र चासो देखिएको कुरा रिपोटर्स क्लव नेपालका मधेश क्षेत्रीय संयोजक गुप्ताले बताउनु भयो ।
पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह महाशिवरात्रीको दिन विशेष पूजाको लागि वीरगंजस्थित अलखिया मठ शिवालयमा शुक्रबार आउनुहुने कार्यक्रम तय भएको छ ।
पूर्वरानी कोमल राज्य लक्ष्मी देवी शाहका साथमा दिउँसो चार बजे अलखिया मठमा पूजा आजा र दर्शन गरेपछि त्यहाँबाट राजदम्पत्ति वीरगंजको मुख्य सडकबाट पैदल यात्रा गरी माइस्थान स्थित गहवामाई मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने कार्यक्रम रहेको पूर्वराजाका मूख्य सचिव सागर तिमल्सिनाले स्थानीय सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भयो ।
धर्मपत्नी पूर्वबडामहारानी कोमल राज्य लक्ष्मी देवी शाहको शुभजन्मोत्सव मनाउन गत हप्ता सिमरा आइपुग्नु भएका पूर्वराजा शाहले दुई हप्ते भ्रमणको क्रममा चितवन, मकवानपुर भ्रमण पश्चात महाशिवरात्रीको अवसर पारेर शुक्रवार वीरगंज आउन लाग्नु भएको हो ।
पूर्वराजाको भ्रमणलाई भव्य एवं सभ्य बनाउन नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद, राष्ट्रिय सरोकार मञ्च नेपाल, राष्ट्रिय नागरिक संघर्ष समिति, राष्ट्रवादी शान्ति समुह, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय, शिव सेना नेपाल, देशभक्त राजभक्त समुह लगायत विभिन्न राष्ट्रवादी संघसंस्थाका पदाधिकारीहरू अन्तिम तयारीमा लागेका छन् ।यसअघि पूर्वराजासँग विहीबार विहान सिमरास्थित प्रभु निवासमा बारा, पर्सा, रौतहट, मकवानपुर लगायत विभिन्न जिल्लाका सर्वसाधारण नागरिक एवं राष्ट्रवादी संघ संगठनका पदाधिकारी, सञ्चारकर्मी, वुद्धिजीवी, समाजसेवी लगायतका पदाधिकारीहरूले दर्शन भेट गरी देशको राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए ।