बैंकले ब्याजदर वृद्धि गरेपछि उद्योगी व्यवसायी प्रभावित
वीरगञ्ज, १२ फाल्गुन
बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह भई सकेको ऋणमा एकतर्फी रुपमा अनपेक्षित ब्याज दर बृद्धि गरेकोबाट उद्योग व्यवसायहरुमा नकारात्मक प्रभाव पर्न गएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिँदाका बखत उद्योग व्यवसायहरुले कबुल गरेको ब्याज दरभन्दा बढी ब्याज लिन नपर्नेमा बैंक तथा वित्तीय संस्थाहरुले त्यस्ता ऋणहरुमा समेत आपूmखुशी अस्वभाविक ब्याज दर बढाएकोबाट उद्योग व्यवसायहरु नै धरासायी हुने सङ्घारमा पुगेका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले विभिन्न जटिल परिस्थितिका कारण औद्योगिक एवम् व्यावसायिक क्षेत्र नराम्ररी प्रभावित भइरहेकै बखत बैंक तथा वित्तीय संस्थाहरुले उद्योग, व्यापार तथा सेवा क्षेत्रलाई राहत प्रदान गर्न सहजीकरणको भूमिका खेल्नुपर्नेमा त्यसको विपरीत एक महिनामैं ब्याज दरमा १०० प्रतिशत बृद्धि गरिएको कारण समग्र निजी क्षेत्र हतोत्साहित बन्न पुगेको बताउनुभयो ।
मौद्रिक तरलताका नाउँमा बैंक तथा वित्तीय संस्थाहरुले उद्योग व्यवसायहरुले ऋण लिँदाका बखत कबुल गरेको ऋण ब्याज दरभन्दा दोब्बर ब्याज असुल गरिरहेकोले उद्योग व्यवसायहरु ठूलो मारमा परेको र यस्तो परिस्थितिमा सरकारले लिएको ७ दशमलव ५ प्रतिशत को आर्थिक बृद्धिको लक्ष्यमा समेत प्रतिकूल प्रभाव पार्ने देखिन्छ ।
साथै सो सम्बन्धमा वीउवासङ्घले अर्थ मन्त्री र गर्भनरलाई पत्राचार समेत गरेको प्राप्त समाचारमा जनाइएको छ ।