साहको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति: वक्ताहरू
वीरगंज, २१ चैत्र/
श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय चोर्नी पर्साका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं विद्यालयको लागि जग्गा दाता अशेश्वर प्रसाद साहको असामयिक निधन हुन गएको छ ।
पूर्व अध्यक्ष एवं विद्यालय जग्गादाता साहको आज १२ औं दिनको पूण्य तिथिमा उक्त विद्यालयले सोमवार विद्यालय परिसरमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गर्यो ।
श्रद्धाञ्जलीसभामा प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद यादवले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एव्र जग्गादाता स्व. साहले विद्यालय प्रति गर्नु भएको योगदानको चर्चा गर्नुको साथै समाजको शिक्षा क्षेत्रमा टेवा पुर्याउने कार्यमा सदैव समर्पित स्व. यादवबाट सबैले पाठ सिक्नुपर्ने बताउनु भयो ।
श्रद्धाञ्जली सभाका अतिथि नेपाल समाजवादी पार्टी लोहियावादीका केन्द्रिय कानुन तथा प्रशासन सचिव अधिवक्ता राजकुमार साहले स्व. यादवले शिक्षा क्षेत्रमा गरेको दान र योगदानको चर्चा गर्नुहुँदै उहाँको निधनले शिक्षा तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति भएको बताउनु भयो ।
कार्यक्रमका अतिथि गाविसका पूर्व अध्यक्ष कैलाश यादव, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामनारायण महतो, विद्यालय व्यवस्थापन समितिका सदस्य शशीकपुर मण्डल, बाराका पूर्व प्रधानाध्यापक हरिहर प्रसाद साह, अभिभावक सूर्य राय, इनरदेव साह गोढ, विद्यालयका शिक्षक तथा शिक्षिका, काशेन्द्र प्रसाद यादव, पुष््पा पण््डेय, जगदीश प्रसाद यादव, नवैदा क्षेत्री, सविता देवी मण्डल, बबिता चौधरी, मुनी गुप्ता लगायत सो गाविसका समाजसेवी परमानन्द प्रसाद साह, राजदेव सिंह, शिवचन्द्र मण्डल, पन्नालाल साहले स्व. साहको निधनप्रति दु:ख प्रकट गर्दै उहाँको तस्वीरमा अविर तथा फुलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
श्रद्धाञ्जलीसभामा विद्यालयलाई जग्गा प्रदान गर्ने दाता एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष स्व. साहको परिवारका सदस्य पूण्यदेव साह, पारस प्रसाद साह, कमलदेव साह, रामेश्वर साह, सन्तोष साह, राजु साह र प्रवेशकुमार साहको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापति विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य श्रीमति शारदा देवी मण्डलको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । भने कार्यक्र सञ्चालन शिक्षक मनोज कुमार यादवले गरेका थिए ।
उक्त कार्यक्रम विद्यालयका विद्यार्थी तथा स्थानीय भ्रदभलादमीको उल्लेख्य सहभागिता रहेको थियो ।
श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय चोर्नी पर्साका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं विद्यालयको लागि जग्गा दाता अशेश्वर प्रसाद साहको असामयिक निधन हुन गएको छ ।पूर्व अध्यक्ष एवं विद्यालय जग्गादाता साहको आज १२ औं दिनको पूण्य तिथिमा उक्त विद्यालयले सोमवार विद्यालय परिसरमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गर्यो ।
श्रद्धाञ्जलीसभामा प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद यादवले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एव्र जग्गादाता स्व. साहले विद्यालय प्रति गर्नु भएको योगदानको चर्चा गर्नुको साथै समाजको शिक्षा क्षेत्रमा टेवा पुर्याउने कार्यमा सदैव समर्पित स्व. यादवबाट सबैले पाठ सिक्नुपर्ने बताउनु भयो ।
श्रद्धाञ्जली सभाका अतिथि नेपाल समाजवादी पार्टी लोहियावादीका केन्द्रिय कानुन तथा प्रशासन सचिव अधिवक्ता राजकुमार साहले स्व. यादवले शिक्षा क्षेत्रमा गरेको दान र योगदानको चर्चा गर्नुहुँदै उहाँको निधनले शिक्षा तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति भएको बताउनु भयो ।
कार्यक्रमका अतिथि गाविसका पूर्व अध्यक्ष कैलाश यादव, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामनारायण महतो, विद्यालय व्यवस्थापन समितिका सदस्य शशीकपुर मण्डल, बाराका पूर्व प्रधानाध्यापक हरिहर प्रसाद साह, अभिभावक सूर्य राय, इनरदेव साह गोढ, विद्यालयका शिक्षक तथा शिक्षिका, काशेन्द्र प्रसाद यादव, पुष््पा पण््डेय, जगदीश प्रसाद यादव, नवैदा क्षेत्री, सविता देवी मण्डल, बबिता चौधरी, मुनी गुप्ता लगायत सो गाविसका समाजसेवी परमानन्द प्रसाद साह, राजदेव सिंह, शिवचन्द्र मण्डल, पन्नालाल साहले स्व. साहको निधनप्रति दु:ख प्रकट गर्दै उहाँको तस्वीरमा अविर तथा फुलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
श्रद्धाञ्जलीसभामा विद्यालयलाई जग्गा प्रदान गर्ने दाता एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष स्व. साहको परिवारका सदस्य पूण्यदेव साह, पारस प्रसाद साह, कमलदेव साह, रामेश्वर साह, सन्तोष साह, राजु साह र प्रवेशकुमार साहको समेत उपस्थिति रहेको थियो ।कार्यक्रमको सभापति विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य श्रीमति शारदा देवी मण्डलको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । भने कार्यक्र सञ्चालन शिक्षक मनोज कुमार यादवले गरेका थिए ।