ब्रेकिङ समाचार

रौनियार केन्द्रिय सदस्यमा मनोनित

वीरगंज, २१ वैशाख/केहिदिन अघि मात्र नेपाली काँग्रेस पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका निर्माण व्यवसायी एवं समाजसेवी हरिनारायण रौनियार प्रसाद रौनियारलाई संघीय समाजवादी फोरम नेपालले बुधवार केन्द्रिय सदस्यमा मनोनयन गरेको छ ।

पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकबाट रौनियारलाई केन्द्रिय सदस्य पदमा मनोनयन गरिएको सो पार्टीले जनाएको छ ।

रौनियार लामो समयदेखि निर्माण व्यवसाय मार्फत यस क्षेत्रको विकासमा टेवा पुर्‍याउँदै आएका थिए भने अब राजनीतिक पार्टीमा आवद्ध भई प्रत्यक्ष रुपमा यस क्षेत्रको विकास र उत्थानमा लाग्ने विश्वास यस क्षेत्रका आम नागरिकहरूले लिएका छन् ।