जिम्मेवारको गैरजिम्मेवार भनाई भाग-२
- स्वयम्भुनाथ कार्की
प्रथम भागमा भनियो आफु प्रधानमन्त्री पदमा बहाल नै रहेको वेला बाबुराम भट्टराईले सत्ताको साँचो बाहिर रहेको अभिव्यक्ति दिए । साँचो रहनुपर्ने जिम्मेवारबाट आफुसंग नरहेको अभिव्यक्ति गैरजिम्मेवार मात्र हैन लाचारी हो । गणतन्त्र नेपालको प्रधानमन्त्री भएकै बेला एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले मुलुकको सिमा जनमत संग्रह गरेर टुँगो लगाउनु पर्ने अनौठो अभिव्यक्ति दिए । आदियुगदेखि आधुनिक युगसम्म मुलुकको सिमानाको निमित्त जनमत संग्रहको परिकल्पना गर्ने उनी प्रथम व्यक्ति हुन । धेरैजसो मुलुकको सिमाना रगतले कोरिएका हुन्छन ।
प्रधानमन्त्री पदमा नै भएको वेला नेपाल भारत बीच विवादित भूमिको बारेमा सुशिल कोईरालाले अनभिज्ञता प्रकट गरे । मुलुकको प्रधानमन्त्री कुनै कुरामा अनभिज्ञ छ भन्न सकिदैन । किनभने व्यक्तिगतरुपमा उनले थाहा नपाएको कुराको जानकारी दिन सल्लाहकार र सहयोगीहरुको ठूलो जत्था नै तैनाथ हुन्छ । अर्का प्रधानमन्त्री भईसकेका व्यक्तित्व माधव नेपालले भारत नभई नेपालको जलविद्युत निरर्थक हुने अभिव्यक्ति दिए । नेपालमा अहिले प्रसस्त मात्रामा विजुली भारतबाट आयात गरिदैछ भन्ने कुरा उनलाई जानकारी थिएन भनेर मान्न सकिन्न ।
वर्तमान प्रधानमन्त्री खड्गप्रसादले आफ्नो पहिलो कार्यकालमा नेपालमा सिक्किमिकरणको खतरा देखेको कुरा गरे । सरकारले विलयको प्रस्ताव लैजाने र संसदले त्यसलाई पारित गर्ने , अनि सैनिकले सवै स्वतन्त्रता प्रेमीलाई घरमै नजरवन्द गर्ने काम सिक्किममा भएको थियो ।
अब फेरी जिम्मेवारहरुलाई गैर जिम्मेवार अभिव्यक्ति दिने लहड जागेको छ । गणतन्त्र नेपालका हरेक तहका मन्त्रीहरु यस्ता गैर जिम्मेवार अधिव्यक्ति दिन होडबाजी गर्दैछन । नेपालको सबैभन्दा शक्तिशाली परिवारको सदस्य भएर मन्त्री बनेकी बीन मगर नेपालको पानी खाडी मुलुकमा बेचेर नेपालको बेरोजगारी हटाउने अभिव्यक्ति दिदैछ । चमत्कार बाहेक यस्तो योजनाले मुलुक सम्पन्न बनाउने तथा बेरोजगारी हटाउने काम हुन्न । तर उनको परिवार नै चमत्कारिक परिवार हो ।
मुलुकको गृहमन्त्री त्यो जिम्मेवार व्यक्ति हो जसको भरमा पुरा मुलुकले सुरक्षित महशुस गर्नु पर्छ । त्यो पदले २०२५ अर्थात अवको ७ बर्ष भित्र नेपालका सबै मठमन्दिर भत्काएर चर्च बनाउने सुनेको भए त्यो भाषणको बिषय हुनु हुँदैन । यसले त समाजमा अरु त्रास पैदा गर्छ । यी वा यस्तै अपराधहरुको संभावना र सुची भाषण गर्न प्रयोग गर्नु अनुचित हो । मुलुकमा विधिको शासन कायम राख्ने जिम्मेवारी पाएकाले यस्ता अपराध , अपराधका संभावना निराकरण गरेर यसो गरियो भन्ने सुचना दिने हो नागरिकलाई ।
होला सबैका सपना होलान काम गर्ने अआफ्नै सोच होलान तर सनकको भरमा राजश्वबाट अरबौ खर्च गर्ने र त्यसको भरपाई गर्न विदेशमा काम गर्नेहरुले आफ्नो वा आफन्तको प्रयोगको निमित्त ल्याएको मोवाइल फोन चलाउन नपाउने गर्ने लहडी गफ त १० बर्ष मुनीका बच्चाहरुले पनि गर्दैनन । तर गणतन्त्र नेपालका केन्द्रिय मन्त्री भने यसलाई अभिनव र क्रान्तिकारी सोच मान्छन ।
यो कुरामा मुख्य मन्त्रीहरु पनि कतै कुनै तरिकाले कम छैनन । कोही फेसबुक बन्द गर्ने फरमान सुनाउछन । नेपाल सरकारको कृषि इकाई उन्नत खेतीको नाममा अन्ततिर प्रतिवन्धित भएका मल, बिउ, किट झार नाशकको वजार बढाउन तल्लिन छ । यस्तो वेलामा कर्णालीका मुख्यमन्त्री भने अग्यानिकको नारा लगाउदैछ । कृषिमा एक ठाँउ एक उत्पादनको नारा लगाउने वित्तिकै परंपरागत तथा प्राकृतिक खेतीको त संभावना नै समाप्त हुन्छ । मुख्यमन्त्रीले अग्र्यानिकको अर्थ बुझेका छैनन भन्ने अपराध कसैले पनि गर्न हुन्न । तर उाले सबैलाई मुर्ख नै सम्झेका हुन कि भन्ने शंका गर्न सकिन्छ ।
गैरजिम्मेवार भनाई यस्ता कुराहरु मात्र हैनन् । उदेश्य के लिनु उडी छुनु चन्द्र एक भनेर भनियो भन्दैमा नेपालको बिजुलीले क्यालिफोर्नियामा मोनोरेल कुदाउने कुरा गर्नु पनि गैरजिम्मेवार हो । पुरा पञ्चायतले भोग गरेको समयावधी समाप्त हुनलाग्दा समेत मेलाम्चीको पानी उपत्यकामा आउँदैछ भनेर जनता भुल्याईएको छ । यस्तोमा नेपालको पानी खाडी मुलुकमा बेच्ने मन्त्रीलाई यसो दुईचार थोपा उपत्यकालाई पनि देउ भनेर जनताले चाही भन्न पाउने कि नपाउने ?
२०२५सम्म सबै मठमन्दिर भत्काउनेलाई के कारवाही गर्यौ भनेर जनताले सोध्ने कि नसोध्ने ? केही लाख थान मोवाईलको बन्द गरेर प्राप्त राजश्वले कति उत्पादन बढ्यो भनेर सोध्ने कि नसोध्ने ? कर्णाली लगायत नेपालका सबै स्थानमा खाद्यबस्तु आयात गर्नु पर्छ , अग्यानिक कृषिले त्यो आयात कति प्रतिस्थापन गर्छ सोध्ने कि नसोध्ने ? हे सार्वभौम नेपाली जनता, जिम्मेवारहरुको यस्तो गैर जिम्मेवार भनाइमा ताली पडकाउने कि के गर्ने ?
विराटनगर १
(२०७४ चैत्र २२ गते विहीबार क्राइमचेक साप्ताहिकमा प्रकाशित)