ब्रेकिङ समाचार

भारत सरकारले नेपाली भक्तजनमाथि झुठो देश द्रोहको मुद्दा लगाए विरोध स्वरुप वीरगंजमा विशाल विरोध र्‍याली निकालिंदै

वीरगंज, ७ जेठ/
भारतको हरियाणा प्रान्तका सरकारले नेपालका भक्तजनहरूलाई झुठो देशद्रोहको मुद्दामा फसाएर अनावश्यक यातना दिइरहेको आरोप आज रिपोटर्स क्लव नेपाल पर्साले वीरगंजस्थित गोपाल सेवा समितिको सभाकक्षमा आयोजना गरेको साक्षात्कार कार्यक्रमका सहभागीहरूले लगाएका छन् ।

रिपोटर्स क्लव नेपालका केन्द्रिय सदस्य एवं मधेश क्षेत्रीय संयोजक कन्हैया गुप्ताको सभापतित्वमा आयोजना गरिएको सो साक्षात्कार कार्यक्रममा पूर्ण ब्रम्ह कबीर उपासक समाज नेपालका केन्द्रिय अध्यक्ष राम चरित्र महतोले यस्तो आरोप लगाउनु भएको हो ।

समाजका केन्द्रिय अध्यक्ष महतोले सो साक्षात्कारका क्रममा संचारकर्मीहरूमाझ दिनु भएको जानकारी अनुसार भारतको हरीयाणा प्रान्तको हिसार बरवाला स्थित सतलोक आश्रममा सन्त रामपाल जी महाराजको ई.सं.२०१४ नोभेम्वर १४ तारीख देखि १८ तारिख सम्मको धार्मिक प्रवचन कार्यक्रममा सहभागी भक्तजनहरुमाथि एक्कासी हजारौंको संख्यामा रहेका प्रहरीहरुले चारैतिरबाट घेरा हाली आँसु ग्याँस तथा लाठी प्रहारबाट कुटपिट गरी सख्त घाईते बनाउनुको साथै प्रवचन सुनेर बस्ने ९५१ जना निर्दोष भक्तजनहरुलाई झुठो एवं देश द्रोही मुद्दा लगाएको बिरोधमा यही ८ गते सोमबार वीरगंजमा बिशाल बिरोध रैली एवं कोण सभा कार्यक्रम गरीने कुरा नेपाल स्थित रहेका रामपाल जी महाराजका भक्तजनहरुले गठन गरेको पुर्ण ब्रह्म कबिर उपासक समाज नेपालका केन्द्रिय अध्यक्ष महतोले उपस्थित स्थानिय संचारकर्मीहरुलाई बताए ।

सो प्रवचन कार्यक्रममा नेपालबाट सहभागी भएका २४ जना भक्तजनहरुलाई डेढ बर्ष सम्म कैद गरी व्यापक यातना दिनुको साथै ७ जनालाई देशद्रोही र १७ जनालाई एक लाख रुपैयाँको धरौटी लिई १५ दिने साधारण तारिखमा रिहा गरेको कुरा समाजका उपाध्यक्ष केशब मैनालीले जानकारी गराए ।

भने अन्याय परेका नेपाली भक्तजनहरुलाई आस्थाकै आधारमा थुनामा राखी दु :ख दिएकोमा न्यायका लागी नेपाल स्थित मानव अधिकारवादी तथा परराष्ट्र मन्त्रालय लगायत बिभिन्न निकायमा हार गुहार लगाउँदा पनि कुनै प्रकारले सुनुवाई नभए पश्चात सशक्त रुपमा आफ्नो आवाज नेपाल सरकारका प्रधान मन्त्री समक्ष पुर्‍याउने उद्देश्य अनुरुप नै नेपालको काठमाण्डौ, भैरहवा, जनकपुरमा बिरोध स्वरुप शान्ति रैली
प्रर्दशन गरीनुको साथै प्र.जि.अ.मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै आएको भएता पनि अहिले सम्म समाजको माँग पुरा सरकारले नगरेको कारण समाजलाई े दु:खीत तुल्याएको कुरा समाजका सचिव हरी प्रसाद तिवारीलसमेत कार्यक्रममा भन्नु भयो ।