कविता : बुद्ध ! तिम्रै निंदा गर्ने म भएँ
|  | 
| कवी: प्रशान्त महासागर | 
कविता : बुद्ध ! तिम्रै निंदा गर्ने म भएँबुद्ध !
मलाई तिमीसँग रिस उठ्छ
शायद रिसाउँदा,
आक्रोशित हुँदा
मुस्कुराउँछौं तिमी तिमीसँग मुस्कुराउने ज्ञान छ
बुद्ध !
तिमीलाई बुद्ध बन्न भोकले, रोगले सताए
परिवार र आफ्नो भन्नेले बिचल्ली पारे
जस्मा तिमी एक्लै जुध्यौ
उज्यालो शान्ति हो भन्यौ
हिंसा र अपराधलाई
जीवन विरुद्धको मुद्दा भनी चिनाएर पनि गयौ
र मलाई
पालनाको निम्ति उक्साएर पनि गयौ
मानौं एउटा खाली बेलुनमा
हावा झरे जस्तै गरि गयौ हावाले,
म हल्लि रहें
चलि रहें
जस्को कारण
तिमीप्रतिको आस्थालाई
केवल
मैले भक्ति भन्दै एक दिन खर्चि रहें
जुन कुरा अपराध नै हो,
आराधनाले पूजामा रुपान्तरित भए
देखासिकी, देखाउने कुरा पनि धर्म कहलिंदै गए
अहम र घमण्डले तिम्रो चरणमा ठाउँ पाए
त्यसको पछाडि
ज्ञान सबै आफैं लिई
खोया जति मलाई दियौ
पालना गर मलाई भन्यौ
अफसोच
मैले नियम हेरें, पढें
तर
बुद्ध !
प्रयोगको कुरामा मैले धेरै कम देखें
चाहिएको बेला आफुलाई नै ठूलो देखें
निंदा गर्दिन भन्दा नि अरुको कुरा सुन्दा
तिम्रै निंदा गर्ने म भएँ ।
२०७३०२०८(२५६० स्वांयाः पुन्हि)
..
प्रकाशित मिति : २०७३ जेष्ठ ८ गते, शनिवार
 
 
 
 
 
 
 
 
 
 
 
 
