सन्दर्भ -लुम्बिनी "आकाश खसेको छैन खस्दैन पनि
-शेखर ढुंगेल 
  
|  | 
| -शेखर ढुंगेल Shekhar1962@gmail.com | 
अयोग्य पात्र र गलत सोच ले बढावा पायो
भने सकारात्मक मुल्य र मान्यता लाइ समेत नकारात्मक वा बिबादको कठघरामा पुर्याई
दिन्छ । आदर्श  सिदान्त र नीति लाइ व्यंग वा अबमुल्यन गरिदिन्छ । नेपाल
मा गौतम बुद्ध को सन्दर्भ पनि अहिले त्यहि नियति भोगी रहेछ र एकातिर हुटिट्याउँ ले
आकाश खस्यो खस्यो भनेको जस्तो अवस्था छ अनि अर्को तर्फ हुटिट्याउँले आकाश थामेर
थामिन्न / छेकिन्न भन्ने अवस्था पनि  देखिएको छ ।  
नेपाल एकीकरण हुनु भन्दा पहिले को
तत्कालिन तिलौराकोट का राजा शुद्धोधन शाक्य र मायावती को कोख वाट आज भन्दा २६०० सय
बर्ष पहिले शान्ति का अग्रदुत एसिया का तारा शान्ति, अहिंसा मानबता,
सेवा र त्याग अर्थात बौद्ध दर्शनका प्रबर्तक गौतम बुद्ध को जन्म
भएको थियो । उनै गौतम बुद्ध को जन्म स्थान को बारेमा स्वयम केहि नेपाली हरु  भ्रमित शसंकित भएर अनाबस्यक रुपमा छिमेकी देश लाइ गालि गर्ने बिरोध गर्ने
चर्चा परिचर्चा ले  अहिले ब्यापकता पाएको छ ।
शिद्धार्थ शाक्य अर्थात गौतम बुद्ध को
जन्म थलोको बहस ले केहि नेपाली लाइ “मास हिस्टेरिया“
वा उपबुज्रुकपनको मानसिकताले ग्रस्त पारेको  देखिन्छ । बिस्व
इतिहास, बिबिध प्रमाणित लिखत तथ्य छदा छदै कसले कहाँ के
लेख्यो कहिले लेख्यो कसरि लेख्यो त्यता पनि हामि ध्यान दिदैनौ बरु अत्तालिंछौ
बहकिन्छौ र आफ्नै आत्मबल लाइ कमजोर देखाउने गर्छौ ।
तिलौराकोट (लुम्बिनी ) लाइ संयुक्त
राष्ट्र संघ अन्तर्गतको युनेस्को ले बिस्व सम्पदा सुची मा (१९९७) राखेर त्यसको
संरक्षण को लागि सहयोग गरि राखेको छ । बिभिन्न अन्तरास्ट्रिय भौगोलिक, इतिहास
एबम पुरातत्व  उत्खनन विद हरुले नेपाल को तिलौरा कोट मै गौतम बुद्ध को जन्म
भएको हो भनेर लिखित रुपमा स्पस्ट पारिसकेका छन के त्यो परिबर्तन हुन्छ ? आज लुम्बिनी मा बिस्व का सबै बौद्ध धर्मालम्बी देशहरुले आ अफ्नो देशको
लगानी मा कैयौ स्तुपा हरु बनाइ सकेका छन के त्यो परिबर्तन हुन्छ ? हुदैन अनि हाम्रो कस्तो कमजोर मानसिकता त कसले कहाँ तिलौराकोट संग मिल्दो
जुल्दो संरचना बनायो भनेर आत्तिनु पर्ने किन ? शाक्यमुनि
राजवंश (Royal Family संसार को इतिहास मा तिलौराकोट मात्र
हो जहाँ शिद्धार्थ गौतम को जन्म भएको थियो यो यथार्तता लाइ कसले मेटाउन सक्छ ?
गौतम बुद्ध को सन्दर्भमा नेपाल र
नेपाली ले के गरे भनेर इतिहास हेर्ने हो भने लज्जाले शिर निहुर्याउनु पर्ने अबस्था
छ र बिना लगानी ब्याज खाने धुर्त ब्यापारी जस्ता भएकाछौ भन्दा चित्त दुखाउनु पर्ने
देखिन्न । यो लज्जास्पद तितो सत्य हो कि भगवान गौतम बुद्ध को शान्ति, अहिंसा,मानबता र त्याग को अलौकिक नीति र सिदान्त को मर्म लाइ व्यवहार मा बिस्व
सामु  प्रस्तुत हुन हामि असक्षम भै सकेका छौ । अझ भन्नु
पर्दा हाम्रो त्यो वा यो पुर्खाले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका थिए वा
जन्मेका कारण ले उनको नाम बेचेर आफ्नो स्वार्थ पुरा गर्ने तर्फ मात्र सोचि
 राखेका छौ भन्दा अन्यथा नलिए हुन्छ ।  
बास्तबमा भन्नु पर्दा स्व. श्री ५
बिरेन्द्र ले सन १९७६ मा नेपाल लाइ शान्ति क्षेत्र घोषित गर्ने प्रस्ताब संसार
सामु राखे पछी मात्र नेपालले  गौतम बुद्ध को प्रसंग लाइ
अत्याधिक रुपमा अगाडी लेराएको वा अर्को शब्द मा शान्ति क्षेत्र प्रस्ताब लाइ बल
पुर्याउन कै लागि गौतम बुद्ध को नाम अगाडी लेराइएको हो । त्यो भन्दा अगाडी कुनै
शासक ले गौतम बुद्ध को नीति र सिदान्त लाइ प्रचार प्रसार वा अबलम्बन गर्ने जमर्को
गरेको थिएनन ।
हामि बिना लगानी ब्याज खाने धुर्त हो
कि होइनौ ? ल इतिहास हेरौ गौतम बुद्धको दर्शन लाइ संसारको सामु चिनाउने
काम कसले गरे नेपाली ले ? होइन 
तत्कालिन भारत को एकीकरण गर्ने महान सम्राट अशोकाले ... (स्मरण रहोस भारत
एकीकरण गर्ने  महान सम्राट अशोका नै बुद्धत्व ग्रहण गर्ने पहिलो राजा पनि थिए
त्यति मात्र होइन बर्तमान भारतीय झन्डा को बिचमा रहेको चक्र जस्लाई अशोका चक्र
भनिन्छ र त्यो नै बुद्धत्व को धर्म चक्र पनि हो ) बुद्धत्व लाइ चिन पुर्यायो
कसले नेपाली ले ? होइन सम्राट अशोका द्वारा प्रेषित भारतीय
मिसिनरी र तत्कालिन चिनिया यात्री ले । बुद्ध दर्शन लाइ जापान पुर्यायो कसले
नेपाली ले ? होइन सिल्क रोड मार्फत चिनिया यात्री र सम्राट
अशोका ले (2nd Century) र 4th
century  मा भारतीय दार्शनिक भासु बन्धु जसले SARVA 
STVADA  SCHOOL नै चलाएर बुद्ध दर्शन को प्रचार प्रसार गरेका थिए । बुद्धत्व
लाइ तिब्बत पुर्यायो कसले नेपाली ले ? होइन चिनिया यात्री र
पछी तिब्बेतियन राजा स्र्यांग च्यांग गेम्पोले चिनिया राज कुमारी सित बिहे गरे पछी
। त्यस पछी मात्र नेपाली मूल कि भृकुटीको भूमिका  रहेको
देखिन्छ । बुद्धत्व लाइ मंगोलिया पुर्यायो कसले नेपाली ले ? होइन
मंगोलिया का तत्कालिन राजा chinggis khan ले तेह्रौ
शताब्दीमा तिब्बत माथि शासन गर्दा तिब्बतमा प्रचारित  बुद्धत्व वाट  प्रभाबित भएर मंगोलियामा पनि बुद्ध दर्शन बारे अभ्यास गर्न लगाएर र पछी
मंगोलियाको रास्ट्रीय धर्म बन्यो ।
आज ९५% बुद्ध धर्मालम्बी भएको देश
थाइल्याण्डमा बुद्धत्व पुर्यायो कसले नेपालि ले ? होइन तेह्रौ
शताब्दीमा बर्मा वाट प्रवेश गरेको थियो र पछी राजा  MONGKUT 
स्वयम भिक्षु बनेका थिए । कम्बोडिया मा बुद्धत्व पुर्यायो कसले नेपाली ले ? होइन
सम्राट अशोका ले पठाएको मिसिनरी ले जसबेला त्यहाँ हिन्दु राजा थिए पछी बाह्रौ
शताब्दी मा JAYA  VARMAN VII कम्बोडियाको  पहिलो बुद्धमार्गी
 राजा बनेका थिए । त्यसै गरि लाओस मा  बुद्धत्व तत्कालिन kingdom of
Nan-chao  हाल को YUNNNAN  CHINA मार्फत प्रवेश
गरेको थियो पछी बर्मा र थाइल्याण्ड को प्रभाब ले बुद्धमार्ग ग्रहण गर्ने हरु
बाक्लिदै गयो र राष्ट्र धर्म बन्न पुग्यो । तत्कालिन Ceylon  र हाल को श्रीलंकामा बुद्धत्व को प्रचार प्रसार सम्राट अशोका ले पठाएको
मिसिनरी वाट भएको थियो पछी चौथो शताब्दी मा राजा चन्द्र गुप्त ले बुद्धत्व लाइ हाल
को अफगानिस्थानको जाफना (NAGADIPA )भन्ने ठाउ सम्म पुर्याएर  SALIPABBATA नाम को बिहार
(स्तुपा ) समेत निर्माण गरेका थिए । अरु त अरु तत्कालिन अबस्थामा गौतम बुद्धका
शिष्य हरु पनि सबै भारतीय नै भए । गौतम बुद्ध को दिब्य ज्ञान लाइ संसार मा फैलाउने
पनि भारतीय नै भए । कैयौ पाखण्डी जोगी र बाबा हरु का शिष्य हुनपुगे नेपालीहरु तर
बुद्धको शिष्य हुन गएनन ।
यो ऐतिहासिक तथ्य ले के देखाउछ भने यदि सम्राट अशोका ले बुद्धत्व ग्रहण अनि
प्रचार प्रसार गर्न संसार भर मिसिनरी न पठाई दिएको भए, भारतीय
दार्शनिक भासु बन्धु ले जापान मा प्रचार प्रसार नगरि दिएको भए अनि तत्कालिन चिनिया
यात्री ....र अनेकौ भारतीय मिसिनरिले ले लगातार  बर्षौ सम्म बिभिन्न देश मा
बुद्धत्व को  प्रचार प्रसार नगरिदिएको भए सायद गौतम बुद्ध लाइ नेपाली ले नै
चिन्दैन थे होलान । 
तितो सत्य के हो भने हामीले गौतम बुद्ध नेपाल मा जन्मिएका हुन भनि गर्ब गर्नु
बाहेक उनको नाम उज्वल बनाउन  आज सम्म केहि पनि गरेका छैनौ न त हामीले उनको
सत्य निष्ठा, शान्ति, निस्वार्थ, त्याग सेवा र अहिंसा को नीति सिदान्त लाइ अपनाउन सक्यौ पुर्खालेत केहि
गरेनन गरेनन तर उनको नाम बेचेर भने आफ्नो स्वार्थ पुरा गर्न भने लागेनन तर हिंसा
हत्या लुट सत्ता स्वार्थ र व्यक्तिगत स्वार्थ वाट ग्रस्त बर्तमान पुस्ता (कसैले
अन्यथा न लिनु बेस किन कि आज बिस्व मा नेपाल हिंसा हत्या अपहरण लुट भ्रस्टाचारी
 जस्ता अपराध ग्रस्त देश भनेर चिनिन्छ ) भने व्यक्तिगत स्वार्थ पूर्ति गर्न
गौतम बुद्ध को नाम बेच्न उद्धत भएको छ जुन बिडम्बना र  खेदजनक
हुन पुगेको छ । अझ माओबादीको नाउँमा प्रचण्ड बाबुराम अनि अहिलेका अपराधिक राजनैतिक
नेतृत्व गर्नुत बुद्ध प्रति घोर अन्याय नै हो र संसार को सामु गौतम बुद्ध को उपहास
हो । यो कस्तो बिचित्र ?  
केहि  बर्ष  अगाडी डा. बाबुराम भटराईले  नेपालमा गौतम बुद्ध को
सान्दर्भिकता समाप्त भैसकेको उधघोष गर्ने  दुस्साहस
समेत भयो तर  माओबादी कमान्डर प्रचण्ड र उपाधक्ष बाबु राम लगायत का मण्डली
 हरु बढो धुर्त्याई पुर्बक लुम्बिनी बर्ष, बिस्व
 बौद्ध सम्मेलन आदि इत्यादिको  को नेतृत्व सहभागिताको  नाटकमंचन
गरि राष्ट्र दोहन मात्र गरि  राखेका छन । राजस्व स्वाहा पारि रहेछन ।
जाल झेल छल कपट हत्या लुट झुठ स्वार्थले बसीभूत आजको  राजनीति  उनका
मतियार हरुले गौतम बुद्ध जस्ता महान हस्ती सित सम्बन्धित कार्यमा संलग्न हुनु
पाखण्डीपन मात्र होइन बुद्धत्व को अबमुल्यन, उपहास र व्यंग पनि हो
। जन हत्या र ध्वंसात्मक कार्य को नेतृत्वकर्ता, भ्रस्टाचारी
लोभी पापीहरुले  गौतम बुद्धलाइ संसार को सामु बदनाम गर्दैछन । कहाँ “राजगद्धी  पत्नी र सन्तान ‘ समेत त्यागेर संसार को शुख शान्ति को लागि तपस्यामालिन गौतम बुद्ध कहाँ
बिध्वम्स, हत्या लुट गरेर सत्ता स्वार्थ मा लिप्त आजको  राजनैतिक प्रवृति ? कस्तो घोर आश्चर्य ? यसले गर्दा संसार मा बुद्ध को जुन शाख थियो त्यसको अबमुल्यन भएको छ । 
जुन देश लाइ गौतम बुद्ध को देश भन्छौँ त्यहि १५ हज्जार निर्दोष नागरिक को
हत्याका नेतृत्व कर्ता ले कहिले  लुम्बिनी अभियान को नेतृत्व गर्छन त कहिले  बुद्ध सम्मेलनमा सहभागिता देखौछन यो प्रवृति  बास्तबिक  बुद्धका अनुयायी माथि को प्रहार  पनि हो । सबै लाइ थाहा छ आजको राजनैतिक
नेतृत्वले बुद्धत्वको शान्दर्भिकता, महत्व र मर्मलाइ बुझेर
यो लुम्बिनी बर्ष वा लुम्बिनी  अभियान वा बुद्ध जयन्ति मनाएका होइनन । नेतृत्व
गरेका होइनन । पाप पखाल्न प्रायस्चित गर्न लागेका पनि होइनन । यदि हो भने प्रचण्ड
र बाबुराम मण्डली लगायत आजको  अपराधिक राजनैतिक नेतृत्व कर्ताले अपराधिक
राजनीति र सत्ता को लालच छोडेर ‘सन्यास “लिनु पर्छ । अन्यथा यी ढोंगी ब्वासा हरुले पबित्र लुम्बिनी र गौतम बुद्ध
लाइ थप विवाद, अपमान, व्यंग र उपहास
मात्र गर्ने छन ।
एकछिन गौतम बुद्ध प्रति भारतीय जनता  र सरकार को लगाव
लगानी र सम्मान प्रति पनि ध्यान दिएर हेरौ । गौतम बुद्धले दिब्य ज्ञान को लागि
तपस्या गरेको ठाउ उत्तर भारत को बोधगया हो । भारतको पटना (राजगिर) जहाँ गौतम बुद्ध
ले निरवाना (NIRVANA) प्राप्त गरेका थिए त्यहाँ सम्राट
अशोका ले स्तम्भ बनाएका थिए । बोधगया  लुम्बिनी जत्तिकै
पबित्र स्थल हो । बोधगया (बोध रुख (BODHI TREE ) र सप्तबोध मन्दिर
पनि त्यहि छ । बनारस को सारनाथ अर्को पबित्र स्थल हो जहाँ गौतम बुद्ध ले आफ्नो
दर्शन को  पहिलो प्रबचन दिएका थिए । त्यहाँ पनि धमाख  र धर्म्र राजि नाम का दुइ स्तम्भ बनेका छन । बनारस किसिनगर जहाँ गौतम
बुद्धले आफ्नो “परिनिरभना“ को तत्व
ज्ञानको प्रथम प्रवचन दिएका थिए साथै त्यहि स्थान मा गौतम बुद्ध को पबित्र पार्थिव
शरीर लाइ समाधिष्ट गरिएको थियो त्यहाँ पनि “रामभा “नाम को स्तम्भ  छ । 
उल्लेखित पबित्र स्थान हरु लाइ संसार का बुद्धत्व का अनुयायी एबम अध्ययन कर्ता
हरुले गौतम बुद्धले दिब्य ज्ञान प्राप्त गरेको स्थान लाइ पबित्र तीर्थस्थल मानेर
त्यहाँ पुग्दछन त्यस पछी मात्र गौतम बुद्धको जन्म थलो तिलौराकोट लुम्बिनी पुग्दछन ।
भारत पर्यटन विकास बोर्ड ले दिल्ही मुम्बई कोलकोता  चेन्नई लगायत का
स्थान वाट बोधगया को लागि “प्याकेज टुर“ को व्यवस्था गरेको छ । बोधगयामा पुग्ने बुद्ध तीर्थयात्रीहरुले गौतम बुद्ध
सम्बन्धि सम्पूर्ण जानकारी लिन चाहने भएकाले त्यसैले उनको जन्म थलो को परिचय दिने
प्रतिक स्वरुप छायाँ लुम्बिनी बनाएर परिचय दिन खोजेको बुझिन्छ । त्यति मात्र होइन
भारत को कपिलेस्वर (ओरिसा राज्य) मा समेत गौतम बुद्धको जन्म थलोको  स्मरण गराउने खालको  संरचना छ र कतिले अन्जान मा त्यहि कपिलेस्वर लाइ
पनि गौतम बुद्ध को जन्म थलो हो भनेका छन जुन काठमाण्डौं मा केहि भवन लाइ 
ट्विन टावर, ह्वाइट हाउस नामाकरण गरे भन्दा
केहि फरक देखिदैन । 
जसरि काठमाण्डौंमा कुनै  भवन लाइ ट्विन टावर नामाकरण गर्दा
न्युयोर्क को ट्विन टावर को अस्तित्व समाप्त हुदैन त्यसै गरि भारत ले त्यहाँ छायाँ
तिलौराकोट बनाउदा नेपालको तिलौरा कोटको अस्तित्व समाप्त हुन सक्दैन । इतिहास
भौगोलिक नक्सा, उत्खननवाट प्राप्त प्राचिन अबशेष का तथ्य हरु,
युनेस्को को मान्यता, जापानिज  र चिनिया उत्खनन बिशेषज्ञ  हरुको प्रमाणित
प्रतिबेदनहरुले स्पस्ट परिसकेको पनि दुइ दशक भै सक्यो अझ स्वयम सम्राट अशोकाले नै
लुम्बिनीमा निमार्ण गरेका स्तम्भ मा गौतम बुद्धको पबित्र जन्मस्थल लुम्बिनी हो भनि
लेखेका समेत छन । 
अर्को तथ्य के हो भने नेपालको एकीकरण पुर्ब शाक्यमुनि राज वंश को राजधानी
तिलौराकोट छुट्टै राज्य थियो जस्लाई उत्तर भारत भनिन्थ्यो र तत्कालमा नेपालीको
इतिहासकार हरुको पहुच नहुनु अनि पश्चिमेली इतिहासकार हरुले अनुमानमा उत्तर भारतमा
अबस्थित लुम्बिनी लेखिदिएका हुन जो अहिले सच्चिएर  “PART OF NEPAL “ लेखिएको छ । तत्कालिन
अबस्थामा गौतम बुद्धको दिब्य ज्ञान लाइ संसारमा प्रसार प्रचार गरि परिचय गराउने
मिसिनरी मा  भारतीय मात्र हुनु कोइ नेपाली नहुनु ले  पनि पश्चिमेली राष्ट्र मात्र होइन स्वयम बुद्धत्व ग्रहण गर्ने राष्ट्र र
त्यहाँ का राजा वा अनुयायी हरुमा समेत गौतम बुद्ध को जन्म थलो को बारेमा भ्रम हुन्
पुग्नु स्वभाबिक नै थियो तर आज आधुनिक प्रविधि को प्रयोग लगायत अनेकौ तथ्यहरुले
तिलौराकोट  लुम्बिनी नेपाल नै हो भन्ने प्रमाणित भै
सकेको छ  त्यसै कारण ले .सम्पूर्ण बौद्धमार्गी देश
हरुले तिलौराकोटमा  स्तुपहरु बनाएका हुन र अब ति स्तुप हरु कतै सर्दैनन । 
गौतम बुद्ध आज बिस्व कै साझा  सम्पति भैसकेका छन । जसले जे
जस्तो गरे पनि न त नेपाल न त भारत कसैको एकलौटी सम्पति पनि हुन् सक्दैनन । गौतम
बुद्ध नेपाल का थिए र रहने छन यो ऐतिहासिक तथ्यलाइ कसैले मेटाउन सक्दैन वा
बंग्याउन सक्दैन । बरु हामी नेपालीले मन बचन र कर्मले गौतम बुद्धले प्रतिपादन
गर्नु भएको सत्य निष्ठा अहिंसा सेवा त्याग र मानबता को मर्मलाइ व्यवहार मा संसारको
सामु देखाउन सक्यौ भने उनको मर्यादा बढ्ने थियो .व्यवहार मा दुष्टता र राक्षस्त्व
प्रदर्शन गर्ने अनि गौतम बुद्ध हाम्रो गौतम बुद्ध हाम्रो भनेर चिच्याउदै मा त
उल्टो उनको बदनाम मात्र हुन्छ होइन र ? 
तसर्थ गौतम बुद्ध सम्बन्धि सबै प्रकारको कार्य योजना नेपाल र भारत दुवै देश को  सहभागिता रहने गरि अगाडी बढ्न सके नेपालले अझै धेरै फाइदा लिन सक्छ । अब
हामीले गौतम बुद्धको जन्म थलो नेपाल हो भनि राख्नु पर्ने अवस्था छैन जुन घाम जस्तै
संसार को सामु  स्पस्ट भै सकेको छ बरु अनाबस्यक विवाद र
हल्ला गर्यौ भने अन्तरास्ट्रिय जगतले कतै नेपाल ले झुठो दावा गरि राखेको त छैन
भनेर थप शसंकित हुने पो डर हुन्छ । कहिँ कतै केहि गलत वा भ्रम उत्पन्न भएको छ भने
दुइ देश को बिचमा  शान्त कुटनीतिक पहल मार्फत भ्रम हटाउने कार्य हुनु पर्छ । 
प्रकाशित मिति : २०७३ जेष्ठ ८ गते, शनिवार 
प्रकाशित मिति : २०७३ जेष्ठ ८ गते, शनिवार 
 
 
 
 
 
 
 
 
 
 
 
 
