ब्रेकिङ समाचार

पश्चिमी र नेपाली कालगणनाको नालीवेली

-प्रवीण अधिकारी
 चिल्ड्रन्स ब्रिटानिका भन्ने किताव Vol ३ -१९६४ मा पश्चिमा क्यालेन्डरको संक्षिप्त इतिहास वर्णन गरिएको पाइन्छ ! त्यसमा क्यालेन्डर अर्थात वार्षिक समयलाई -वर्ष, महिना , दिनको आधारमा , पृथ्वी र चन्द्रमाको गति गणना गरी गरिएको देखिन्छ ! ल्याटिन भाषामा Moon कोलागि Luna शब्द प्रयोग गरिएको छ त्यसैले त्यसलाई Lunar Month भनिन्छ ! ल्याटिनमा Sun कोलागि Sol शब्द प्रयोग गरिएको छ त्यसकारण यस्लाईइ Solar Year भनेको पाइन्छ ! अचेल एक बर्षमा ३६५ दिन ५ घण्टा ४८ मिनेट र ४६ सेकेण्ड भएको ठानिन्छ ! तर यो गणना अनुसार वर्ष र चन्द्रमास मा तालमेल मिलेको हुन्न त्यसैले धेरै देशहरुमा सूर्य र चान्द्र बर्षमा तारतम्य मिलेको भेटिन्न !

अर्को कुरो , यस विश्वका उहिले ईशाईहरुले वर्ष भरीको समय विभाजन ऐतिहासिक घटनाको आधारमा गरेका थिए ! उनीहरुको मतमा ईशाको जन्म इतिहासको निर्णायक र महत्वपूर्ण घट्ना हो ! यसैको आधारमा उनीहरुले तिनको इतिहासलाई दुई भागमा बाडे ! एक बी.सी. तथा अर्को ए.डी.! B.C. को अर्थ हो Before Christ - यो बि.सी. शब्द ईशा जन्मिनु भन्दा पहिलेको घटनामा लागू गरिएको देखिन्छ ! जुन घटनाहरु ईशा जन्मिसके पछि घटे त्यसलाई उनीहरु A.D. भन्छन जसको अर्थ हो Anno Domini अर्थात् In the year of our Lord. तर यो पद्धति ईशा जन्मेको निकै शताब्दी पछि सम्म प्रयोगमा ल्याइएको थिएन !

रोमन क्यालेन्डर 

आजको विश्वमा चलेको ईश्वी सम्बतको मूल रोमन संवत् हो जो ईशा जन्मिनु ७५३ वर्ष अघि रोम नगर स्थापना गरिएपछि सुरु गरिएको थियो ! सुरुमा यसमा जम्मा दश महिनाको बर्ष थियो ! जो मार्च देखि सुरु भएर दिसम्बर सम चल्थ्यो तथा ३०४ दिन मात्र त्यो बर्षमा हुने गर्थे ! पछि राजा नूमा पिम्पोलियसले यसमा दुई महिना Jonu Arius र Februaries को नाममा जोडेर १२ महिनाको वर्ष बनाउन लाए ! यसो गर्दा पनि दिन जम्मा ३५५ दिनको मात्र हुन् पुग्यो , तर आउने बर्षमा त्यसको ग्रह गति बढदै जाँदा अंतर पनि बढदै गयो ! समस्या बढदै जाँदा यो समस्या हटाउन जूलियस सीजरले वर्ष ३६५ १ /४ दिन बनाउन नयाँ क्यालेण्डर निर्माण गर्ने आदेश दिए तथा त्यतिखेरको बर्ष मा ४४५ १ /४ दिन राख्न लाए ताकि पहिला पहिला देखिन आएको अन्तरहरू सबै मिल्न सकोस ! त्यसैकारण त्यो वर्ष अर्थात ४६ बी.सी.लाई इतिहासमा दिग्भ्रमित वर्ष (Year of confusion) भन्ने गरिन्छ !

जूलियन क्यालेण्डर - 

जूलियस सीजरले वर्षको ३६५ १/४ दिनको बनाउनकोलागि क्रमैसंग ३१ र ३० दिनको महिना निर्धारित गरी फरवरी २९ दिनको बनाए ! Leap Year मा फरवरी ३० दिनको हुने व्यवस्था गरे ! यस बाहेक इतिहासमा आफ्नो नाम अमर गराउन उनले वर्षको सातौँ महीनाको पुरानो नाउँ Quinitiles बदलेर आफ्नो नाउँ अनुसार जुलाई राखे , जो ३१ दिनको निर्धारण गराइयो ! पछि त्यस ठाउँमा शम्राट अगस्टस अस्तित्वमा आए ! उनले पनि आफ्नो नाउँ इतिहासमा अमर गर्न आठौँ महीनाको नाउँ Sextilis बाट फेरेर अगस्त राखे ! त्यतिखेर अगस्त ३० दिनको हुन्थ्यो तर -" म सीजर भन्दा सानो होइन ", भन्ने भाव देखाउन फरवरी महिनाको २९ दिन बाटएक दिन लिएर ३१ दिनको बनाइयो ! त्यतिखेर देखि आज सम्म शम्राट अगष्टशले गरेको व्यवस्था अनुसार यो क्यालेण्डर चल्दै आएको छ !

ग्रेगोरियन क्यालेण्डर - 
१६ औं शताव्दीमा जूलियन क्यालेण्डरमा १० दिन बढेर जादा चर्च फेस्टीवल ईस्टर आदिमा हेरफेर हुन् पुग्यो त्यसले गर्दा पोप ग्रेगोरी १३ औंले सन् १५८२ मा यो कुरो सच्याउन एउटा आदेश जारी गरे र भने ४ अक्टोबरपछि १५ अक्टोबर मानियोस ! वर्षको प्रारम्भ २५ मार्चको साटो १ जनवरीदेखि गरियोस ! रोमन कैथोलिकहरुले पोपको आदेशलाई तुरन्त स्वीकारे भने प्रोटेस्टेंटहरुले अन्कनाउदै माने ! त्यतिखेर सम्म ब्रिटेनले जूलियन क्यालेण्डरनै मान्दथ्यो त्यसकारण सन् १७५२ सम्ममा त्यसमा ११ दिनको अंतर रहन आई पुगेको थियो ! त्यसलाई सुध्याउनकोलागि २ सेप्टेम्बर पछि अघिल्लो दिन १४ सेप्टेम्बर भन्न लाइयो ! त्यतिखेर मान्छेहरु भन्ने गर्थे "Cruises back our 11 days" ! इंगल्याण्ड पछी बुल्गारियाले सन् १९१८ मा र ग्रीक आर्थोडाक्स चर्चले सन् १९२४ मा ग्रेगोरियन क्यालेण्डर मान्न सुरु गरेको हो !

नेपालमा कालगणनाको इतिहास
नेपालमा ग्रह गतिहरुको सूक्ष्म अध्ययन गर्ने परम्परा पहिल्यै देखि छ त्यसकारण नेपालमा कालगणना पृथ्वी, चन्द्र अनुसार सूर्यको गति मापन गरी गरिदै आएको छ तथा चंद्र र सूर्य गतिको अंतर मिलाउन अधिक मासको व्यवस्था गरिएको छ ! हाम्रा पुर्खाहरुले समयको विभिन्न ईकाइहरु र तिनको कारणहरु निम्न अनुसार खुलाएका छन !-

दिन अथवा वार- 
सात दिन - पृथ्वी आफ्नो धुरीमा १६०० कि.मी. प्रति घंटाको दरले घुम्छ , यो चक्र पूरा गर्न उसलाई २४ घण्टा समय लाग्छ !यसमा १२ घन्टाको पृथ्वीको जुन भाग सूर्य अघी रहन्छ त्यसलाई " अह:" र जुन भाग सूर्यको पछि रहन्छ त्यसलाई " रात्र " भन्ने गरिन्छ ! यस प्रकार १२ घंटा पृथ्वीको पूर्वार्द्ध तथा १२ घण्टा उत्तरार्द्ध सूर्यको अघि रहन्छ ! १ अहोरात्रमा २४ होरा हुन्छन ! सावन दिन ,अर्थात तिथिको दिनलाई भू दिन पनि भनिन्छ !
सौर्य दिन - पृथ्वीले सूर्यको परिक्रमा १ लाख कि.मी. प्रति घंटाको दरले गर्दछ ! पृथ्वीको १० चालन सौर्य दिन हो !

चान्द्र दिन या तिथि- 
चान्द्र दिनलाई तिथि भनिन्छ ! जस्तो परेवा , चतुर्थी, एकादशी, पूर्णिमा, औंशी ईत्यादि ! पृथ्वीको परिक्रमा गर्दा चन्द्रमाले १२ अंश सम्म घुम्ने चालन एक तिथि हो !
सप्ताह- 
सम्पूर्ण विश्वमा सप्ताहको दिनको क्रम नेपालको जस्तै छ ! नेपालमा हाम्रा पुर्खाहरुले पृथ्वीदेखि उत्तरोत्तर दूरी को आधारमा ग्रहहरुको क्रम निर्धारित गरेका थिए ! जस्तो - शनि, गुरु, मंगल, सूर्य, शुक्र, बुध र चन्द्रमा ! यसमध्ये चन्द्रमा पृथ्वीको सबै भन्दा नजिक छ भने शनि सबै भन्दा टाढा ! यसमा एक-एक ग्रह दिनको २४ घण्टा या होरामा एक-एक घन्टाको अधिपति रहन्छन ! यसै क्रमले सातै ग्रहहरु एक-एक घन्टाको अधिपति हुने क्रम चलिरा हुन्छ र २४ घण्टा पुरा भैसकेपछी अर्को दिनको पहिलो घन्टाको अधिपति ग्रह हुन जुन ग्रह पुग्दछ त्यसैको नाममा त्यो दिनको नाम राखिएको हुन्छ ! सूर्यबाट श्रीष्टि शुरु भएको हो , यसकारण प्रथम दिन आइतवार मानेर क्रमैसंग शेष वारहरुको नाउँ राखिएको हुन्छ !
तलको तालिका हेरेर सातै दिनको क्रमलाई हामी सजिलै संग सम्झिन सक्छौं -
चन्द्र बुध शुक्र सूर्य मंगल बृह. शनि
४ ३ २ रवि १ - - -
११ १० ९ ८ ७ ६ ५
१८ १७ १६ १५ १४ १३ १२
सोम १ २४ २३ २२ २१ २० १९
८ ७ ६ ५ ४ ३ २
१५ १४ १३ १२ ११ १० ९
२२ २१ २० १९ १८ १७ १६
५ ४ ३ २ मंगल १ २४ २३
१२ ११ १० ९ ८ ७ ६
१९ १८ १७ १६ १५ १४ १३
२ बुध १ २४ २३ २२ २१ २०
९ ८ ७ ६ ५ ४ ३
१६ १५ १४ १३ १२ ११ १०
२३ २२ २१ २० १९ १८ १७
६ ५ ४ ३ २ बृह.१ २४
१३ १२ ११ १० ९ ८ ७
२० १९ १८ १७ १६ १५ १४
३ २ शुक्र १ २४ २३ २२ २१
१० ९ ८ ७ ६ ५ ४
१७ १६ १५ १४ १३ १२ ११
२४ २३ २२ २१ २० १९ १८
शनि १
पक्ष-
पृथ्वीको परिक्रमा गर्दा चन्द्रमाले १२ अंश खान पुग्दा त्यसलाई एक तिथि भनिन्छ ! औंशीको दिन चन्द्रमा पृथ्वी र सूर्यको बीच भागमा रहन पुग्छ यसैलाई ० (अंश) भनिन्छ ! यहांबाट घुम्दै १२ अंश बिताउदै जब चन्द्रमा सूर्यको १८० अंश अंतरमा पुग्दछ त्यसलाई पूर्णिमा भनिन्छ र यही पूर्णिमा भएको पक्षलाई शुक्ल पक्ष भनिन्छ भने परेवा देखि औंशी सम्मको पक्षलाई कृष्ण पक्ष भनिन्छ !

महिना -
कालगणना गर्नकोलागि आकाशमा भएका २७बटा नक्षत्रहरुलाई आधार मानिएको छ - (१) अश्विनी (२) भरणी (३) कृत्तिका (४) रोहिणी (५) मृगशिरा (६) आर्द्रा (७) पुनर्वसु (८) पुष्य (९) आश्लेषा (१०) मघा (११) पूर्व फाल्गुन (१२) उत्तर फाल्गुन (१३) हस्त (१४) चित्रा (१५) स्वाति (१६) विशाखा (१७) अनुराधा (१८) ज्येष्ठा (१९) मूल (२०) पूर्वाषाढा (२१) उत्तराषाढा (२२) श्रवण (२३) धनिष्ठा (२४) शतभिषा (२५) पूर्वा भाद्रपद (२६) उत्तर भाद्रपद (२७) रेवती !
२७ नक्षत्रहरु प्रत्येकलाई चार पाउमा भाग लाइन्छ ! यसले गर्दा कुल १०८ पाउ हुन आउछ ! यसमा नौ पाउ एक राशीलाई छुट्याई १२ राशिहरुको नाम राखिएको छ , जो निम्नानुसार छन -
(१) मेष (२) वृष (३) मिथुन (४) कर्कट (५) सिंह (६) कन्या (७) तुला (८) वृश्चिक (९) धनु (१०) मकर (११) कुंभ (१२) मीन ! पृथ्वीमा यी राशिहरुको रेखा निश्चित गरिएको छ जसलाई क्रांति भनिन्छ ! यी क्रांतिहरु विषुवत् वृत्त रेखाबाट २४ डिग्री उत्तर तथा २४ डिग्रि दक्षिणमा रहेको ठानिन्छ ! यसरी सूर्य परिभ्रमण सिद्धान्त अनुसार जुन राशी चक्रमा रहन पुग्छ त्यसै क्रांतिको नाममा सौर्य मासको नाम राखिएको हुन्छ ! यो मास साधारणत: वृद्धि तथा क्षयको रोगबाट मुक्त हुन्छ !
चान्द्र मास- 
जुन नक्षत्र महिना दिन भरी साँझ पखदेखि भोलिपल्ट प्रातः काल सम्म आकाशमा देखिन्छ र जसमा चन्द्रमाले पूर्णता पाउछ अर्थात पुर्णिमाको दिन जुन नक्षत्र हुन्छ त्यसै नक्षत्रको नाउँमा चान्द्र महिनाको नाम राखिएको हुन्छ जस्तो - (१) विशाखा (२)ज्येष्ठा (३) पूर्वाशाढा (४)श्रवण (५)पूर्वा भाद्रपद (६)अश्विनी (७)कृत्तिका (८) मृगशिरा (९) पुष्य (१०)मघा (११)पूर्वाफाल्गुनी (१२)चित्रा ! यिनै नक्षत्रहरुको आधारमा वैशाख, ज्येष्ठ, आषाढ़, श्रावण, भाद्र, अश्विन, कृत्तिक, मार्गशीर्ष, पौष, माघ ,फाल्गुन तथा चैत्र महिनाको नाम राखिएको हुन्छ !

उत्तरायण र दक्षिणायण :-
पृथ्वी सधैं आफ्नो कक्षमा २३ डिग्री अंश उत्तर पश्चिमी तर्फ निहुरिएको हुन्छ ! यसैकारण : भूमध्य रेखाबाट २३ डिग्री अंश उत्तर र दक्षिण तर्फ सूर्यको किरण लम्बवत्‌ रहन पुग्छ ! सूर्य किरण लम्बवत्‌ रहन पुग्दा संक्रान्तिको दिन हुन पुग्छ ! याँहा २३ डिग्री अंश उत्तरलाई कर्कट रेखा तथा दक्षिण तर्फको अंशलाई मकर रेखा भनिन्छ ! भूमध्य रेखालाई ०० अथवा विषुवत् वृत्त रेखा भनिन्छ ! यसमा कर्कट संक्रान्तिलाई उत्तरायण र मकर संक्रान्तिलाई दक्षिणायण भन्दै आइएको छ !

वर्षमान- 
पृथ्वी सूर्यको ओरी परी -लगभग एक लाख कि.मी. प्रति घन्टाको दरले १६६०००००० कि.मी. लामो बाटो ३६५ दिनमा तय गर्दछ र एउटा चक्र पूरा गर्दछ ! यसै कालाबधिलाई वर्ष भनिन्छ !





 -प्रवीण अधिकारी