ब्रेकिङ समाचार

इजरायल बाट धुर्मुस सुन्तलीको अभियान ,नमूना बस्ती निर्माणको लागी ९ लाख सहयोग

इजरायल ।
 रोजगारीको सिलसिलामा इजरायलमा रहेका नेपाली युवाहरुको सक्रियतामा भूकम्पपछिको पुनर्निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेसनलाई करिव ९ लाख सहयोग जुटेको छ ।

इजरायलमा कार्यरत ६ जना नेपाली युवाहरु, -सागर भुसाल , उमेश नेवार , भोजराज क्षेत्री , सुबास खरेल, अर्जुन पौडेल र राम ढुँगाना) को सक्रियतामा सिन्धुपाल्चोकको गिरान्चौरमा नमुना वस्ती बनाइरहेको धुर्मुस-सुन्तली फाउण्डेसनलाई ८ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग जुटेको हो

iseralधुर्मुस-सुन्तलीकाे सहयोगका लागि इजरायलका अभियन्ताहरू
करिब एक महिना अघि ‘धुर्मुस-सुन्तली सहयोग अभियान इजरायल’ नाम दिएर गठन भएको यो अभियानका अभियन्ताहरुले अभियान गठन भएको मितिले पैतिस देखि चालीस दिन भित्रै उठेको सम्पूर्ण रकम पारदर्शी हिसाबले फाउन्डेसनलाई बितरण गर्ने भनेर गरेको प्रतिबद्दता अनुसार तोकिएको समय अगाबै आइतबार फाउन्डेसनका संस्थापक सिताराम कट्टेल र कुन्जना कट्टेल -घिमिरे) लाई अभियन्ताहरुको तर्फबाट अपर्पणा ढुँगाना र मोहन भुसालले हस्तान्तरण गरेका हुन् ।

इजरायलमा कार्यरत थोरै संख्याका नेपालीहरुले आफ्नो जन्मभुमिका लागी आपतबिपत पर्दा धेरै सहयोग गरिरहेका छन् । सधैझैँ यो अभियानमा पनि दिल खोलेर सहयोग गर्नुहुने सहयोगी सम्पुर्ण मनहरुलाई अभियन्ताहरुले धन्यवाद व्यक्त गरेका छन् ।

काभ्रेमा एकीकृत वस्ती निर्माण गरेपछि धुर्मुस-सुन्तलीको जोडीले सिन्धुपाल्चोकको गिरान्चौरमा अर्को वस्ती निर्माणमा जुटेको छ । उनीहरुको प्रयासलाई देश बिदेशबाट सहयोग आउने क्रम जारी छ ।

२०७३ जेठ २३ गते १७:०० मा प्रकाशित onlinekhabar