उल्लु र ओली
 -मिनबहादुर थापा
-मिनबहादुर थापाउल्लु भनेको एउटा चरा हो, जसको नाम लाटकोसेरो पनि भन्छौं । यसले दिउँसो देख्दैन मात्रै राती देख्छ । त्यसैले उल्लु राती शिकार गर्न निक्लिन्छ । गाँउघरमा एउटा भन्ने चलन छ, जसले बेबकुफ हैसियत बेगारको उडन्ते पउ न पुच्छर को कुरा गर्छ त्यसलाई कस्तो उल्लु कुरा गर्छ यो त उल्लु पो रहेछ भन्छौं । सबै दिउसो आँखा देख्छन् तर उल्लु मात्रै यस्तो चरा हो उसले अँध्यारोमा आँखा देख्छ ।
त्यस्तै ओलीले अहिले राष्ट्रलाई नै अँध्यारो बनाएर शिकार गर्दै छन् । मतलब महंगी, असुरक्षा, अशान्ति, राष्ट्र नै विखण्डन हुने क्षेत्रीयता, जातीयतामा आधारित संघियताको परिकल्पना गरेर देशमा ठूल–ठूला विकाशका कुरा गर्दै पानी जहाज चलाउने, घर–घरमा ग्यासको पाइप जोड्ने, रेल कुदाउने, हावाबाट बिजुली निकाल्ने कुरा गर्दै छन् । पहिले त भुकम्प पीडितको व्यवस्थित गर । देशमा शान्ति सुरक्षा गर । महंगी नियन्त्रण गर । गरिब निमुखाका लागि गास बास कपास र शिक्षा स्वास्थ्यमा सुधार ल्याऊ अनि ठूला कुरा सोच ।
यो केहि होइन नेपाली जनतालाई ठूला ठूला कुरा गरेर भ्रम छर्ने काम मात्रै हो । मेरो बुझाईमा ओली उल्लु हुन् उल्लु कुरा गर्दै छन् उनलाइ समर्थन गर्ने सबै उल्लु हुन् हामीलाई उल्लु बनाउने कोशिस गर्दै छन् । जबसम्म छिमेकीसंग राम्रो सम्बन्ध हुँदैन । शान्ति, विकाशका कुरा पुरा हुन मुस्किलै होला । बोक्रे राष्ट्रवादले हुने वाला केहि छैन । समयमा नै यो कुरा बुझे हामीलाई वेश होला । कम्युनिष्ट भनेका छट्टु स्याल हुन् । ओलीले अहिले यहि काम गरिरहेका छन् । सबैलाई चेतनाभया ।
 
 
 
 
 
 
 
 
 
 
 
 
