ब्रेकिङ समाचार

गाबिस बेल्वा पर्साको पहिलो पुर्ण खोपयुक्त गाबिस घोषणा हुन सफल

वीरगंज,असार २०
नमुना गाबिस बेल्वा  पर्सा जिल्लाको पहिलो पुर्ण खोप युक्त गाबिस घोषणा भएको छ । श्री शारदा प्रा.बि बेल्वा भेडियाहीमा आज आयोजित एक समारोहका  बिच पर्साको बेल्वा गाबिसलाई पुर्ण खोपयुक्त
 गाबिस घोषणा गरिएको हो । बेल्वाका गाविस सचिव अनिल सुवेदीको सभापतित्वमा सम्पन्न घोषणा समारोहमा प्रमुख अतिथी पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले बेल्वा गाबिसले पुर्ण खोप युक्त गाबिस घोषणा गर्न सफल भएकोमा धन्यवाद दिदै यस कार्यलाई निरन्तरता दिन स्थानिय बासिन्दा र सरोकारवालाहरुलाई आग्रह गरेका थिए  । सरकारले बालबालिकाहरुका निम्ती करोडौं खर्चेर खोप कार्यक्रम ल्याए पनि जनचेतनाको अभावमा खोप कार्यक्रम पुर्णरुपमा सफल हुन नसकेको प्रति चिन्ता व्यक्त गर्नु भयो ।  पर्सा जिल्लामा बेल्वा गाबिस छुटै पहिचान र बिशेषता  बोकेको गाबिस भएकोले अब बेल्वाले शिक्षा र स्वास्थ्य क्षेत्रमा बिशेष ध्यान दिई छिटै खुल्ला दिशामुक्त गाबिस घोषना गर्न तर्फ  बिशेष कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।
 कार्यक्रममा बिशिष्ट अतिथी  जिल्ला जन स्वास्थ्य कार्यालय पर्साका  प्रमुख राज किसोर पंडित, शिक्षा बिद एवं हरी खेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवान यादव, डब्लु एच ओ आई पी डी को क्षेत्रिय निर्देशक  डा. नरेन्द्र कुमार झा, एनजीओसीसीका अध्यक्ष रामनरेश  यादव, अतिथीहरु गाबिस स्तरीय विश्वास सामुदायिक संस्थाका अध्यक्ष   सुलेमान अंसारी , जनस्वास्थ्य कार्यालय पर्साका शचितानन्द सिंह लगायतकाले  आ आफनो शुभकामना मन्तव्य व्यक्त गर्दै निरन्तरताको लागि प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
सो अवसरमा अभियानमा सहयोग गरेका स्थानिय स्वयंसेबिका , क्लबका प्रतिनिधी र स्वास्थ्यकर्मी तथा सरोकारवालाका प्रतिनिधीहरुलाई प्रसंसा पत्र दिई सम्मान गरिएको थियो । सो अवसरमा स्वास्थ्य चौकीको लागि जग्गा दान गर्ने जग्गा दाता केश्वरदास थारुलाई प्रमुख अतिथीले दोसल्ला ओढाई सम्मान गरेका थिए ।