ब्रेकिङ समाचार

वैदेशिक रोजगारी घातक

सम्पादकीय:
नेपालीहरू नोलमा कुनै कामको अवसर नै देख्न छाडेका छन् । नेपालीहरू अहिले वैदेशिक रोजगारीकालागि झुम्मिएका र होमिएका छन् । रोजगार विहीन जीवन कष्टकर हुन्छ । काम बिना माम पाइँदैन । शिक्षित, अशिक्षित, दक्ष, अदक्ष मजदूर सबै वैदेशिक रोजगारीमा आकर्षित भएका छन् । वैदेशिक रोजगार सुनको अण्डा पार्ने कुखुराजस्तो बनेको छ । स्वदेशमा स्वरोजगार र सरकारी नोकरीको अवसर नदेखेका महिला पुरुषको वैदेशिक रोजगारीमा ओइरो लाग्नु राष्ट्र निर्माणको लक्षण होइन । नेपालका नीति निर्माताहरू वैदेशिक रोजगारीबाट रेमिट्यान्स (विप्रेषण) भित्रिएकोमा दंगदास छन् । वैदेशिक रोजगारका कारण स्वदेशमा उत्पन्न् समस्इा, विकृति, विसंगति डरलाग्दो छ । वैदेशिक
रोजगारीमा झण्डै ५० लाख नेपाली छन् । सर्वप्रथम म्यान पावर कम्पनीबाट विदेशमा रोजगारीमा जान चाहने धेरै ठगिंदै आएका छन् । कतिपय मानिसको वैदेशिक रोजगारीमा जाँदा लिएको ऋणले घरवास उजाडिएको छ भने कतिपयले विदेशबाट कमाएर ल्याएको पैसाले घरपरिवार राम्रोसँग ालेको पाइन्छ । घरपरिवार छाडेर विदेश जाने रहर त कसैलाई हुँदैन, यो एउटा बाध्यता नै भएको छ । स्वदेशमा खेतवारी बाझै रहनु, गाउँ–घरमा युवाहरू रित्तिनु, युवा/युवतिहरूले आफ्नो विवाहित पति/पत्निलाई छोडेर जाँदा अवैध यौन सम्पर्कको समस्या जटिल बन्दै गईरहेको छ । प्रत्येक मानिसलाई यौन क्रियाकलाप जरुरुी छ । आफ्नो लोग्नेले छाडेर गएपछि यौन उन्मादले मात्तिएका महिलाहरूले पर पुरुषसँग यौन सम्बन्ध राख्नलाई प्राकृतिक हिसाबले अस्वभाविक मान्न नसकिएपनि कानुन, समाज र परिवारले त्यसलाई स्वभाविक नमानी अनुचित ठान्दछ । अनुचित र अवैध यौन समस्या एउटा बाध्यात्मक परिस्थितिमा पुगेको छ । भनिन्छ रेमिटान्स नेपालमा नभित्रिने हो भने ठूलो जन विद्रोह र राष्ट्रको ढुकुटी रित्तिने थियो । रेमिटान्सले मुलुकको आर्थिक अवस्था धानेको छ । कुनै पनि कारणवस विदेशमा कामकालागि गएका मानिसहरू फर्कनु पर्‍यो भने त्यसपछिको अवस्था के होला ? त्यसतर्फ कसैको ध्यान गएको छैन । विदेशमा गएकाहरूले पठाएको रेमिट्यान्स रकम ठोस कार्यमा भन्द्या विलासिताको वस्तुमा खर्च हुने गरेको छ । लोग्ने विदेश गएपछि कृषि प्रधान देशका गाउँघरमा बस्ने महिलाहरू खेतीपातीको काम छाडेर अब पनि दु:ख गरिन्छ र भन्दै शहरबजारमा केन्द्रित हुन थालेका छन् । लोग्नेले कमाउने, स्वास्नीले खर्च गरेर सक्ने, वचत गर्ने परिपाटी गलत हो कि होइन ? हिजोआज सोझासाझालाई विदेश पठाउन भन्दै ठगी गर्नेहरूको विगविगी छ । ठगी कार्यमा लागेकाहरूमाथि धरपकड र कानुनी कारवाही भईरहेको छ । तर निरुत्साहित भएको पाईंदैन । आवासीय भिसा नलागेका, नविकरण नभएका, कम्पनी छाडेर गैर कानुनी हैसियतमा काम गरिरहेका नेपाली कामदार थुप्रै पक्राउमा पर्दै आएका छन् । देशका कर्णाधार नेपालीहरू विदेशी कामदार हुनु दुर्भाग्यको कुरा हो । यस्तो बिडम्बना कहिलेसम्म रहने ? विदेशी जेलमा एक हजार भन्द्या बढी नेपाली कामदार छन् । वैदेशिक रोजगारीमा संलग्न नेपाली कामदारहरूको मृत्युको संख्या पनि बढ्दो छ । वैदेशिक रोजगार देशको हितमा छैन । क्षणिक रुपमा वैदेशिक रोजगारीबाट फाइदा देखिएपनि यसको दीर्घकालिन समस्या जोखिमपूर्ण र भयावह छ । यसबाट देशको विकास हुँदैन ।
(२०७३ भदौ १६ गते क्राइम चेकमा प्रकाशित सम्पादकीय )


(