अपांग,र सपांगको मनोभाबना फरक हुन्छ र ?
 निरञ्जन घिमिरे
भनिन्छ जन्मेको छैठौं दिनमा भाविले सबैको भविष्य नि
र्धारण गर्छन् रे झ् खै हुन त यो कुरा कति सम्म सत्य हो म त अनभिज्ञ नै छु ईश्वरको लिला अपारम्पार भन्छन् कसले पो देखेको छ र ? कोहि राजा बन्छन् त कोहि प्रजा । त्यसमा पनि कोही सुखी सम्पन्नशाली त कोहि दु:खी दरिद्र । सायद आफ्नो–आफ्नो कर्मको खेल पहिला आफुले जे जस्तो कार्य गर्यो त्यसैको त्यस्तै परिणाम भोग्नुपर्छ होला । सुखी सम्मपन्नशालीहरु त त्यसै खुशि छन्, बिचरा ती दु:खी दरिद्रको पीर, व्यथा, दु:ख अनि पीडा कस्ले बुझिदिने ?
भन्छन् “खुकुरीको चोट अचानोलाई मात्र था हुन्छ” यस २१ शौ शताब्दीको स्वार्थी सांसारमा त्यस्ता धेरै दु:खी दरिद्रीहरु छन् जस्को आफ्नो दु:ख पीडा त छँदैछ, त्यसमाथि पनि सध्य र सज्जन भनाउँदाहरूबाट आफू अपहेलित हुनुपर्दाको पीडा साँच्चिकै निकै असह्य हुन्छ । हुन त सबै बा, आमाको चाहना हुन्छ आफ्नो सन्तानमा कुनै पनि किसिमको खोट न आओस्, सधैं हाँसी खुसी भएर बसुन् धेरै पढुन ठूलो मान्छे बनुन अनि सदैव त्यसैगरी अघि बढुन् र बुढेसकालको साहरा बनुन् ।
यस्तै सयौं चाहना बोकेका हुन्छन् बिचरा ती अशक्त अनि अपांगका बा, आमाले पनि । तर बिडम्बना झ् निष्ठुरी भगवानले तय गरेको भाग्य कस्ले पो बदली गर्न सक्छ र ? सम्झिँदा पनि अँखा रसाउँछ बिचरा तिनको दु:ख देख्दा मैले बुझ्थें दु:ख भनेको गरिब हुनु, खान लाउन धौ–धौ हुनु अनि दिनभरी टन्टलापुर घाममा मरिमरि काम गर्नु होला भनेर । तर त्यो दु:ख त केवल केही बेरकोलागि मात्रै रहेछ । दु:ख भनेको त त्यतिबेला हुँदोरहेछ जतिबेला आफ्नो बच्चा बिरामी भएर रातभरि छ्ट्पटाई रुँदारुँदा थाकेर मरणासन्न भइ सास पनि फेर्न नसक्ने भएको अबस्थामा मलाई यस्तो भएको छ आमा पनि भनि बोल्न नसक्दा । दु:ख त त्यतिबेला लाग्दो रहेछ जतिबेला आफ्नो बच्चाले दृष्टिबिहिन भई तपाईं कस्तो हुनुहुन्छ ममि ? अनि मैले लगाएको नाना राम्रो छैन रे हो मेरो साथीले भनेको कस्तो छ ममि भन्नुन् ? भनेर सोध्दा अझै मुटु नै बिझ्ने गरि । दु:ख त तेतिबेला लाग्दोरहेछ जति बेला आफ्नो अबोध अनि नाबालक बच्चा साथीको घरमा खेल्न जाँदा अरु बच्चाले हेर्नु न ममि लाटो आयो तेस्लाई जा भन्नुन भन्दा र ती सपाङगका आमा बाले आफ्नो अबोध बालकलाई लौरो लिइ लखेट्दा अनि अरु बच्चाले खाना खान लागेको बेलामा यो लाटोले हेरेर अँखा लाउने भो ओइ घर जा भनि धकेलेर लडाइँदिदा गाउँका सज्जन भनाउँदाहरुको अपाड्ड प्रतिको क्रियाकलाप हेर्दा आँखा भरी आँसु आउँछ मन थाम्नै गाह्रो हुन्छ । बिचरा तिनको के दोष आफू अन्धो अनि लाटो हुनुमा ? तेसै त भगवानबाटै ठगिएका मान्छे, त्यसमा पनि सज्जन भनाउँदाहरूबाट आफू हेपिनु पर्दाको पीडा । हो सुन्न, बोल्न र देख्न त नसक्लान् तर दु:खी भइ आँखाभरी आँसु लिएर त्यो निष्ठुरी भगवानलाई सम्झी आफ्नो जिन्दगीलाई धिक्कार्न बाध्य हुन्छन् सारै गाह्रो हुन्छ सज्जन्हरुको यस्तो किसिमको व्यवहार देख्दा । बिचरा ती अबोधहरुलाई माया ममता गरि एक किसिमको सान्तवना दिनु त परको कुरा उल्टै घृणा गरी तिनीहरुलाई हेरि हाँस्नु र खिल्ली उडाउनु कति सम्मको मानबता हो त ?
यस धर्तिमा जन्म लिने सम्पूर्ण सपांग तथा अपांग मानिसहरुलाई स्वतन्त्रताले आफ्नो इच्छा अनुसार बाँच्ने पाउने अधिकार छ । मात्र फरक त्यति छ कि कोहि ब्याग बोकि बाइ बाइ ममु भनी स्कुल जान्छन् त कोइ इच्छा चाहना हुँदाहँुदै पनि जान नसकी घरमा आफ्ना बा, आमासँग रुँदै आफ्नो जीवन देखि हार मानेर बस्छन् । तर अधिकार अनि सम्मान भने सबैले पाउनु पर्छ । सपाङ्ग अर्थात शारीरिक रुपले सक्षम भएका व्यक्तिहरूको जस्तै अपाङ्ग अर्थात अशक्तहरूको मनोभावना फरक हुन्छ ? कदापि हुँदैन । उनीहरूको दु:ख–सुख, पीडा, व्यथा, हाँसो–आँसु इत्यादीको अनुभूति उस्तै हुन्छ ।
तसर्थ हामीसबैले यस्ता व्यक्तीहरुलाई घृणा हैन कि माया, ममता, साथ, सहयोग, हौसला र आत्माविश्वास दिलाउँ, जुनसुकै जस्तोसुकै अप्ठेरोमा पनि साथ र सहयोग गरौँ हामी सबै मिलि यिनिहरुको हक अधिकारको विषयमा लडौ नेपाल सरकारलाई भन्नू पर्दा उनीहरुको आफ्नो हक अधिकारकोलागि पढ्न लेख्न र बस्नको लागि सहज बाताबरणको सिर्जना गर्दिनको लागि पहल गरौं ।
(२०७३ भदौ १६ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित)