आज छ भोली छैन जीवन किन...?
– प्रशान्त महासागरसबैलाई थाहा भएको कुरा हामी केही भारतबाट आयतित गरेर खान्छौं त केही लुगा चीनको लगाउँछौं भने फोहर कुरा भारततिर बगाउँछौं त केही सफा राम्रो चीनको पिउँछौं (यो भनेको धरातलीय स्वरुप चित्रणको एक विम्ब हो, यस्मा बहस हुनु मूख्याई पोख्याउनु मात्र हो) । यही कारण आज हामी मितेरी पुल बन्नु आवश्यक छ ना कि सदा दुई ढुङ्गा वीचको तरुल हौं भनी महसुसमा पिल्सिएर बस्नु आवश्यक छ । अर्को नेपाल छ त चीन सुरक्षित छ त्यस्तै नेपाल छ त भारत व्यवस्थित छ भन्ने कुरा पनि हामीले आफ्नो मानसपटलमा राख्नु नितान्त आवश्यक छ किनभने हामी नेपाली हौं, स्वतन्त्र राष्ट्रका सेनानी हौं ।
हुन त हामी नेपालीहरुलाई सबैले धेरै सिकाउन खोज्दा पनि सिक्ने सोचमा भन्दा नि नकलबादसँग नै प्रत्यक्ष सरोकार राख्नमै रमाउने गरेको इतिहास आज आँखा अगाडि कुनै तस्बीर झै छन् । यो कुरा आज म किन गर्दैछु भन्ने सवालमा एउटा उखान सरि हाम्रो सामु चीनलाई होच्याउने एक हिसाबले भने पनि हुन्छ कि आज छ भोली छैन् नेपालमा छिर्ने समानको स्तरको आधारमा भन्ने गरेको सुन्न पाईन्छ । यो कुनै बौद्धिक तत्वहरुलाई लक्ष्य गरि गरिएको कुरा होईन । तर विगतका समयमा हाम्रो माग र हाम्रो व्यवहारले हाम्रो जीवनलाई उकास्ने हिसाबले जुन प्रचलन बाहिर अर्थात अरु देशमा देख्न वा सुन्न पाईन्छ त्यही अनुरुप हामीमा पनि प्रयोग गर्दै फालौं भन्ने भावना जगाउनलाई एक प्रविधि चीनले दिए तर अर्थ आज छ भोली छैन् भन्नेसँग सारगत हुँदै गए, हामीले मान्दै गयौं । आजभोली हामीले यतिसम्म मान्यौं कि जीवन पनि आज छ भोली छैन् भन्ने हुँदा नि त्यसप्रति कुनै पुण्य पापकै विश्लेषणभित्र हराउँदै विलाउँदै गई रहेका छौं आखिर किन...? जवाफ छ तर खोज अभियान कस्ले कहाँबाट कसैलाई दण्ड दिएर त्यसको हल समाधान गर्ने....? कुरा सानो जस्तो ठट्टा जस्तो लागे पनि अर्थहरु विकराल छन् ।
समय, केही वर्ष अघिको भनौं गृहयुद्ध पूर्वका प्रजातन्त्र प्राप्ति भन्दा केही पल अघि नै भनौं को मान्छे कहाँ कुन ठाउँमा पक्षघात वा ह्दयघातबाट ग्रसित थिए..? अर्को को डाक्टरलाई विशिष्ट कहाँबाट त्यति बन्नु जरुरी थियो भन्नुको अर्थ अहिले किन रोगै पिच्छेको डाक्टर किन आवश्यक भए...? भगवान् भन्दै पूज्दै गरेका डाक्टरहरु पनि एकाएक राक्षस रुपी बनी समाजमा उफ्रिदा पनि कसैको टाउको किन दुखेनन् ...? किन... किन... किन.. प्रश्न यति छन् कि जवाफको पहल सरकारले गर्नै चाहेनन् भने पून: नक्कली डाक्टरहरु काममा फर्के पश्चात अब आम् नेपालीको जीवन आज छ भोली छैन् नभईकन अरु नै हुन्छ भन्ने कुरामा मैले विश्वास गर्न सकिन । र समाजमा कोही सरल, सहज तरीकाले मर्दा जुन कुनै पूर्व जूनीकै पुण्य कर्मकै फल हो भन्ने गरेको सुनेको थिएँ त्यही मानी अब बाँकी जीवन जिउनु सिवाय आम नेपालीहरुसँग कुनै विकल्प शेष छैन भन्ने कुरामै लिपिबद्ध हुँदै जानुलाई ठूलो मान्नु सिवाय अरु विकल्प म सामु पनि छैन् जस्तो महसुस हुन थालेको छ भने बढी अनुसन्धानबाट नै बढी डाक्टर र रोगको पहिचान भएको हो भन्ने निष्कर्ष नै महान हो भने नक्कली मिलावटको खोजमा सरकारले गुणस्तरिय चिन्ह दिई रोगहरु प्रत्योरोपण परिक्षणमा सक्रिय सहभागीता किन जनाई रहे..., दूध खराब हो भने बिक्रि वितरणको प्रमाणपत्र किन दिई रहे...औषधि व्यापक उत्पादन हुन्छन् तर निको नहुने किन बन्छ अर्को एउटै रोगको लागि दुईवटा औषधि किन हुर्किन्छ...यी आदी कुराले गर्दा हाम्रा जीवनहरु मृत्युसम्म सहजै पुग्न बाध्य छन् । आज छ भोली छैन् भन्ने कुराले पूर्णरुपमा हाम्रै जीवनको लागि चरितार्थ बन्दै गएको छ । तर सरकार मौन छ । मिलावट खाद्यहरुको विषयमा स्वयम् सरकार नै कतै सहभागी भई रहेको त छैन्..? शंका आज छ पनि ।
अर्को जनसंख्या बृद्धिको कुनै त्यो पनि एउटा निवारण पो हो कि...? हुन त समय अनुसार फूल फुल्छ, ओइलिन्छ कुरा त्यति मात्र भए हामीमा प्रश्नहरु शेष रहने थिएनन् । आज तपाई हामी जुनै समाजमा हेर्नुस् वा सुन्नुस् कोही फलनो मर्यो भन्ने खबर पाउँदा धेरै जसो कारण ह्दयघात नै बनेको छ भने ह्दयघातलाई बढावा शायद खाद्य बस्तुले भन्दा पनि तरलले नै असर गर्ने कुरामा हामी विश्वास गर्छौं । यहाँ तरलको कुरा मादक पदार्थ भन्दा नि हामीले तेल प्रयोगको विषयलाई बढी केन्द्रीत हुनुपर्ने हुन्छ तर सरकार आफैलाई उत्पादन भन्दा बढी उपभोग गर्नेहरुको संख्या हुँदा नि यो सोच्न छोडे कि बजारमा ती बस्तु कसरी परिपूर्ति हुँदैछन् भन्ने । यसले हाम्रो जीवनमा प्रत्यक्ष असर पर्ने खेल सरकार स्वयम् खेल्दैछ भन्ने कुरामा हाम्रो ध्यान नजानु र अर्को कमिशनको खेलमा आबद्ध हुँदै मिति नाघेका कतिपय अखाद्यहरुलाई सरकारले अनुमति दिनुले पनि हाम्रो जीवन आज छ भोली छैन् हुँदै गएको हो । अर्को अन्तराष्ट्रिय सिमा जुन खुल्ला हुनुले पनि हामी त्यो वस्तुको भोगी हुँदै गई रहेका छौं जुन जीवन र मुटुको लागि बनेकै होईनन् । तर खानमा पूरा जीवन खर्चि रहेका छौं भने अर्को उत्पादनहरु विषादी हुँदा नि फल देखेर किसान खुशी हुनु र बजार नपाएर त्यही किसान एकातिर दु:खी छन् त अर्कोतिर चर्को दाममा बिक्रि गर्न पाउँदा व्यापारीहरु खुशी छन् र उपभोक्ताहरु विष खरिद सेवनमा मस्त छन् । सरकार आफ्नै दिशामा घुमि रहेकै छ । न त्यसलाई जीवनमाथिको उल्कापातले दु:ख महसुस गरेको छ न त कुनै जीवनमाथिको बज्रपात केही सुधारको अपेक्षा गर्न सकिन्छ । यस्तोमा, सबै भाइरल हुँदै जानु एक हिसावले चारैतिर फाईदाकै विषय बन्दै गएका छन् भन्नुको अर्थ जनसंख्या घट्नु, औषधि उत्पादन त हुने तर निको नहुने साथै बिक्रि वितरणमा कसैको रोकतोक नहुने, डाक्टर हुने अस्पताल बन्ने तर रोगहरु पहिचानमा नआईकन नै देहले दाहसंस्कारको प्रकरणहरु पूरा गर्नु पर्ने आदी आदी धेरै कुराका कारण जीवन जस्तो कुराको विषयमा पनि आज छ भोली छैन् भन्ने गुणस्तर चिन्हले सहजै प्रमाण(पत्र हासिल गरेका छन् तर चिन्ता कसैलाई छैन् । किन....? किन जीवनप्रति कसैको उत्तरदायित्व बहन नभएको...के कुराले गर्दा जीवनप्रति वितृष्णा प्रस्फुटन भएको ? कि मर्न सबैलाई हत्तारै भएको हो ? यदि होईन भन्ने आवाजहरु अझै हामी माझ शेष छन् भन्ने हो भने आफ्नो उत्तरदायित्व हामी किन बहन नगर्ने ? अर्को बजारमा कुनै मूल्यले आकाश छुँदा हामी त्यस्कै भोगी किन हुन्छौं ? आदी आदी कुराहरु जवाफ जबसम्म हामीले हामीबाट नै पाउँदैनन् तबसम्म हामी र हाम्रो जीवनको अस्तित्व कुनै वस्तु जुन प्रयोग पछि फ्याँक्ने कुरासँग आबद्ध हुँदै आज छ भोली छैन् भन्ने कथनसँगै प्रतिबद्ध भई रहन्छन् तर त्यसको अर्थलाई अर्कै भाषा र शब्दसँग आबद्ध गराई अर्कै उपहाससँग हामी हुन्छौं किनभने हामी नेपाली हौं पकाएर खानु भन्दा नि अरुले पकाएर खुवाएको कुरामा खिस्सि गरि बाँच्ने बानीका दासदासी पनि हौं । त्यसैले यो कुरालाई आ–आफ्नो गाउँठाउँबाट कसरी के गर्दा हुन्छ भन्ने मनन र स्मरण गरि बदल्न नसकेको खण्डमा उत्पादन भन्दा बढी उपभोग गर्नेहरुको संख्या निरन्तर बढ्दै जाने छन् भने भण्डारणमा खाद्य वस्तु हुन्छ त बजारमा अखाद्य वस्तुहरु बिक्रि वितरण निरन्तर चलि रहन्छन् । जीवन हाम्रो आज छ, भोली छैन् भन्ने कुराकै एक हिस्सा बन्दै कुनै दिन सुनाउनै नमिल्ने किस्सा बन्ने छ नै । शायद त्यो दिन म यहाँ पक्कै रहँदिन नै ।
prashantsharmila2@gmail.com
क्राइम चेक साप्ताहिकमा २०७३ भदौ २ गते प्रकाशित