ब्रेकिङ समाचार

दुई मुक्तक

मुक्तकहरू

(१)
यता तिर राहदानी समस्यामा छ, 
सँगै गरीबको अन्नपानी समस्यामा छ ।
देख्दै देख्दैन सरकार गरीबको पीडा, 
भन्छ सधैं धनिमानी समस्यामा छ ।।

(२)
बाबा हजुरले सर्प पाल्नु भो की ब्वाँसो पाल्नु भो, 
उहाँले त हजुर चढिराको रुख ढाल्नु भो ।
भोकमरीले हामी छटपटिरहेको बेला, 
जहाजबाटै दुई–चार मुठी चामल फाल्नु भो ।।




सूचना आचार्य
गोरखा
हाल: काठमाण्डौ

प्रकाशन मितिः २०७३ भाद्र ०२ गते बिहीवार