दुई मुक्तक
मुक्तकहरू
(१)
यता तिर राहदानी समस्यामा छ,
सँगै गरीबको अन्नपानी समस्यामा छ ।
देख्दै देख्दैन सरकार गरीबको पीडा,
भन्छ सधैं धनिमानी समस्यामा छ ।।
(२)
बाबा हजुरले सर्प पाल्नु भो की ब्वाँसो पाल्नु भो,
उहाँले त हजुर चढिराको रुख ढाल्नु भो ।
भोकमरीले हामी छटपटिरहेको बेला,
जहाजबाटै दुई–चार मुठी चामल फाल्नु भो ।।
सूचना आचार्य
गोरखा
हाल: काठमाण्डौ
प्रकाशन मितिः २०७३ भाद्र ०२ गते बिहीवार
