खानेपानी उपभोक्ताप्रति उदासिन नबन
(सम्पादकीय)
जलवायु परिवर्तनसँगै नेपालको हावा, पानी र माटो पनि प्रदूषित हुँदै गईरहेको छ । मानिसको शरीरलार्य अन्न पानीकोि शरीर भनिन्छ । पौष्टिकयुक्त खानेकुरा र शुद्ध पानीले मानिसको शरीरलाई स्वस्थ राख्दछ । दूषित पानी पिउनाले नानाथरिका रोगको संक्रमण हुन्छ । नेपालमा पानीको अभाव छ । जलश्रोतको धनि देश नेपालमा खानेपानीको अभाव हुनु, महंगोमा पानी किनेर खानुपर्ने एउटा राष्ट्रिय दूर्भाग्य हो । सरकारको नालायकीपनको एउटा उदाहरण हो । नेपालमा सर्वसुलभ नि:शुल्क पिउने पानी पाउनु नेपालीको नैसर्गिक अधिकार हुनु पर्दछ, पानीमा शुद्धिकरण हुनु पर्दछ । नेपालमा उपलब्ध महंगो मूल्यको जारको पानी, मिनरल वाटर गुणस्तरहीन र शुद्धिकरण नभएको दिषामा भेटिने जीवाणुयुक्त पाउनु दुर्भाग्य र बिडम्बना नै हो ।
वातावरण स्वच्छ नभएपछि पानी र हावा स्वच्छ हुने कुरै भएन । पानीका मुहानहरु फोहोर मैलाका कारण प्रदूषित हुँदै गइरहेका छन् । खेतवारीमा किटनाशक औषधी र रासायनिक मलको बढ्दो प्रयोगले भूमिगत पानीको श्रोतमा खतरा उत्पन्न भएको छ । सबै खानेपानीको श्रोतका पानीहरू अब पिउन लायक नहुन पनि सक्दछन् । प्राविधिक जाँचबिना पुराना पानीका श्रोतबाट प्राप्त हुने खानेपानी प्रयोग नगर्नु नै वेश हुन्छ । पनी शुद्ध भएने भने तुरुन्त विरामी पर्न सकिन्छ । पानीबनिा मानिस जिवित रहन सक्देन । वनस्पति, पशुपंक्षी, जीवजन्तु सबैलार्य पानीको अनिवार्य आवश्यकता छ । पानी नै जीवन हो ।
हिजोआज नेपाल सरकारले चर्पीको प्रयोग साबुनपानीले हात धुने, पानी शुद्धिकरण गरेर पिउने खुल्ला दिशामुक्त क्षेत्र बनाउने अभियान देशभर संचालन गरेको छ । भनिन्छ ९० प्रतिशत रोग अशुद्ध पानी पिउनाले हुन्छ । नेपालको गाउँघर जहाँ जनसंख्याको ठूलो हिस्सा बसोबास गर्दछ । त्यहाँ पानी तताएर खाने चलन नै छैन । जहाँ पायो त्यहाँको पानी पिउने चलन छ । पानीका साबिकका मुहानहरू पनि प्राकृतिक कारणले सुक्दै गइरहेका छन् ।
सधैं चर्पीमा मात्र दिसा पिसाब गर्नु पर्दछ । चर्पी सधैं सफा सुग्घर राख्नुपर्दछ । यसो गर्नाले दिसा, पिसाब र फोहोरका कारणले लाग्ने रोगहरुबाट बच्न सकिन्छ । खाना खानुअघि, बच्चाहरूलाई खुवाउनुअघि, खाना पकाउनु अघि, दीसा धोइसकेपछि, फोहोर छोएपछि अनिवार्य रुपमा साबुन पानीले सबैले हात धुनु पर्दछ । पानी शुद्धिकरणकालागि पानीलार्य एक भुल्को उमालेर मात्र पिउनु पर्दछ । उमालिसकेको पानीलार्य पुन: प्रदूषित हुन नदिन छोपेर राख्नु पर्दछ । पानीमा पीयुष वा अक्वाट्याब राखी क्लोरीनेशन गर्नु पर्दछ । एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल र ५ लिटर पानीमा एक चक्की अक्वाट्याब राख्नु पर्दछ ।
खानेपानीको गुणस्तर एक संवेदनशील विषय हो । खानेपानी कम गुणस्तरको उत्पादन गर्ने मिनिरल वाटर थुप्रै उद्योगहरु बेलामौकामा गरिने अनुगमनबाट कारवाहीमा परेपनि नियमित अनुगम र नियमनकारी निकायको लापरवाहीका कारण उपभोक्ताहरू प्रदूषित खानेपानी प्रयोग गर्न बाध्य हुनु परेको छ । सरकारले प्रदूषित र किटाणुयुक्त पानी बेचखिन गर्ने कम्पनीको लाइसेन्स खारेज गरी शुद्ध खानेपानी पिउन पाउनुपर्ने जनता अर्थात उपभोक्ताको नैसर्गिक अधिकारकोको संरक्षण गर्न उदासिन हुनु हुँदैन ।
२०७३ साउन २७ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित