ब्रेकिङ समाचार

पर्वत सेवा समाज नेपालको इजरायल शाखा गठन

दीपिका भुसाल
ईजरायल
/एकता नै बल हो, एकजुट भई गरेको हरेक सत्प्रयासले सफलता पाउँछ भन्ने भावनाबाट अभिप्रेरित भई रोजगार, अध्ययन, व्यापार, व्यवसायलगायतका सिलसिलामा देश विदेशमा रहे बसेका विभिन्न समाजसेवीहरूद्वारा स्थापित पर्वत सेवा समाज नेपालको विभिन्न देशमा शाखा विस्तार हुने क्रम चलेको छ ।

सोही क्रममा बुधवार इजरायलमामा पनि पर्वत सेवा समाज नेपालको इजरायल शाखा गठन गरिएको छ । सामाजसेवीको रुपमा राम्रो छवि बनाई आफ्नो जन्मथलो, मातृभूमि र राष्ट्रभमिमा रहेका विभिन्न किसिमका दिन, दुखी, असहायहरूलाई विभिन्न माध्यमबाट सहयोग गरी उत्थान गर्ने विशुद्ध भावनाबाट ओतप्रोत भएका व्यक्तिहरू दुवारा संगठित सस्थाका इजरायलमा रहेका आजिबन सदस्य हरुको अनलाइन भेलाले .पर्वतमाला केसीको अध्यक्षतामा सल्लाहकारसहित १७ सदस्यीस समिति गठन गरिएको हो  ।
सो नवगठित शाखाका उपाध्यक्ष हिमाली गुरुङ र राधा जोशी, चयन हुनु भएको छ भने महासचिव र सचिवमा क्रमश: जमुना गुरुङ र गणेश श्रेष्ठलाई चयन गरिएको छ । त्यसैगरी कोषाध्यक्षको जिम्मेवारी ईश्वरी केसीलाई दिइएको छ भने सह कोषाध्यक्षको जिम्मेवारी मिरा श्रेष्ठले सम्हाल्नु भएको छ ।
त्यसैगरी डिक कुमार गुरुङ, दीपिका भुसाल भोजराज क्षेत्रि . पर्शुराम भुसाल लाई,सल्लाहकार समितिमा राखिएको छ ! इजरायल शाखाका सदस्यहरूमा सारा गुरुङ, कुमारी गुरुङ, जितु गुरुङ, सावित्र भुसाल र उजेली गुरुङ रहनु भएको छ ।
यस अघि दक्षिण कोरियामा ईश्वर केसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शाखा गठन गरिएको थियो ।

अब छिट्टैनै  अन्य  देशमा  पनि  साखा  विस्तार  गर्ने  योजना  रहेको छ  !