गुणस्तरहीन सिलिण्डरको जोखिम
 आधुनिक उपभोक्ता, सहर बजारमा बस्ने उपभोक्ताले प्रयोग गर्ने खाना पकाउने ग्यासको सिलिण्डर गुणस्तरहीन हुनाले कुनै पनि बेला कुनै पनि घरको भान्छा कोठामा पड्किएर ज्यान जाने हरबखत खतरा देखा परेको छ । गुणस्तरहीन एल.पी. ग्यासको सिलिण्डरको जोखिमले प्रत्येक घरका भात भान्छामा खटिने गृहिणी आतंकित भएका छन् । नेपालमा ५० वटा भन्दा बढी ग्यास उत्पादन गर्ने उद्योगले ग्यास भरेर बिक्रीकालागि बजारमा ल्याएको अधिकांश सिलिण्डर गुणस्तरहीन हुँदा तौल कमको साथै पड्ििकने डर समेत देखा परेको हो ।
आधुनिक उपभोक्ता, सहर बजारमा बस्ने उपभोक्ताले प्रयोग गर्ने खाना पकाउने ग्यासको सिलिण्डर गुणस्तरहीन हुनाले कुनै पनि बेला कुनै पनि घरको भान्छा कोठामा पड्किएर ज्यान जाने हरबखत खतरा देखा परेको छ । गुणस्तरहीन एल.पी. ग्यासको सिलिण्डरको जोखिमले प्रत्येक घरका भात भान्छामा खटिने गृहिणी आतंकित भएका छन् । नेपालमा ५० वटा भन्दा बढी ग्यास उत्पादन गर्ने उद्योगले ग्यास भरेर बिक्रीकालागि बजारमा ल्याएको अधिकांश सिलिण्डर गुणस्तरहीन हुँदा तौल कमको साथै पड्ििकने डर समेत देखा परेको हो ।नेट वेट ४२.२ लेखिएको पुरानो ग्यास सिलिण्डरको पिंधमा लेखो जम्म भएको कारण १२ किलोभन्दा बढी ग्यास हुँदैन । उपभोक्तालाई ठग्न खप्पिस ग्यास उद्योगीहरूलाई निगरानी र कारवाही सम्बन्धित निकायबाट हुन नसक्दा उपभोक्ता ठगिने कार्यले निरन्तरता पाएको छ । तौल कम दिनु, गुणस्तरहीन वस्तु दिनु अपराध हो । तर उपभोक्ता ठग्ने अपराधीहरूले यसलाई अपराध नठानी, निर्वाध, नि:शंकोच अधिकार ठानिरहेका छन् । यतिखेर उपभोक्ता संरक्षण ऐन र उपभोक्ता हित संरक्षण मंचले कुनै काम गरेको छैन । भारतबाट बुलेटमा झिकाएको एल.पी. ग्यास आ–आफ्नो तथाकथित उद्योग स्थलमा पुर्याएर गुणस्तरहीन सिलिण्डरमा भरेर बिक्री वितरण गसरन्छ । ग्यास उद्योग नभनेर फिलिंङ प्लान्ट भन्दा उपयुक्त हुन्छ । ग्यास उद्योगमा स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम गरेर केही लागेको छैन तर नाम भने ग्यास उद्योग । ग्यासको व्यापार अपार छ । यसमा जस्तो मुनाफा केहीमा छैन । ग्यास उद्योग राख्न नेपाल आयल निगमलाई मोटो रकम घुस खुवाउन अनिवार्य छ । सबैले सजिलैसँग ग्यास उद्योग संचालन गर्ने इजाजत यस संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा पाउन सक्दैनन् । ग्यास उद्योगमा प्रतिस्पर्धा छैन, सण्डिकेट छ । अझै ग्यासको माग बढी, उत्पादन कम र बिmक्री कम हुनाले अभाव, कृत्रिम अभाव र कालोबजारी चलिरहेको छ । सर्वसुलभ, सस्तोमा एल.पी. ग्यास पाउने उपभोक्ताको अधिकार बेला–बेलामा कुण्ठित हुँदै आएको छ । भारतीय नाकाबन्दी भरी ग्याँसका उपभोक्ताहरूले जुन सास्ती पाए, त्यसको वर्णन गरेर साध्य छैन । त्यतिखेर मूल्य र तौलको कुरै छाडौं ग्यासको सिलिण्डर पाउन र देख्नै मुस्किल भयो । ग्यासका उपभोक्ताहरूलाई त्यस्तो ऐतिहासिक सास्तीका दिन कहिले नआओस् ।
कतिपय उद्योगपतिले ग्यासको तौल कम गर्न सिलण्डरको पींध काटेर बेचेको पनि देखियो । अधिकांश पुराना सिलिण्डर बिक्री गर्नेले ग्यासको पिंध बेलाबेलामा सफा नगरी तौल कम गरी बिक्री गरिरहेका छन् । निर्धारित मापदण्ड विपरित ग्यास सिलिण्डर भारतबाट झिकाएर ग्यास भरेर बेचेर ग्यास र सिलिण्डरबाट नाजायज मुनाफा कमाएर जीवनमा मर्नै पर्दैन कि भने जस्तो गरिएको छ । नाकाबन्दी, कालोबजारी, महंगी, आतंक नेपाली उपभोक्ताको नियति बनेको छ । ग्याँस बिक्रेता र उत्पादनकर्ताको नियत ठीक पार्न बनाइएको अनुगमन टोली र कानुन कहाँ छ ? अहिले बजारमा जोखिममा परेका एक लाख सिलिण्डर बजारमा ओहोर दोहोर गरिरहेका छन् । ती सिलिण्डर कुनै पनि बेला कुनै पनि ठाउँमा दूर्घटनाको कारण बनेर मानिसको मृत्यु हुन्छ । त्यसको जवाफदेही त्यतिखेर को हुने ? यस्तो आतंक कहिलेसम्म रहने ? सुरक्षित, तोकिएको ग्यास भरिएको ग्यास सिलिण्डर उपभोक्ताहरूले कहिलेसम्म पाउने ? उपभोक्ताहरू गम्भीर, संवेदनशील र संगठित भएर सशक्त दबाव नदिएसम्म सरकारले नसुन्ने, नदेख्ने र ग्याँसका उत्पादनकर्ता नसुध्रिने अवस्था रहिरहन्छ । उपभोक्ता ठग्ने अपराधी, उद्योगपति, व्यापारीलाई कडा भन्दा कडा कानुनी कारवाही हुनै पर्दछ । हपोइन भने जनकारवाही गर्न उपभोक्ताहरू तयार हुनु पर्दछ । रिफिल भएको सिलिण्डर पानीमा डुबाई ‘डप टेस्ट’ गरी बिक्रीमा ल्याउनु पर्नेमा ल्याइंदैन । हाड्रोलिक टेस्ट गरिंदैन । उद्योगको सिलिण्डर परीक्षण नगरी बजारमा बिक्रीकालागि पठाउन र कुच्चिएका, फुटेरिङ (पिंध काटिएका) सिलिण्डर बजारमा हुनु व्यवसायिक आतंक हो ।
क्राइमचेक साप्ताहिकमा २०७३ भदौ ०९ गते बिहीबार प्रकाशित
 
 
 
 
 
 
 
 
 
 
 
 
