सार्वभौम नेपाल एकता मञ्चद्वारा प्रम र पूर्व राजासमक्ष ज्ञापन
क्राइमचेक प्रतिनिधि/
काठमाण्डौ/ सार्वभौम नेपाल एकता मञ्चले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
मंचका संयोजक दीर्घराज प्रसाईको संयोजकत्वमा विभिन्न जिल्ला र क्षेत्रका राष्ट्रवादी नेपालीहरूको एक टोलीले नेपालाई पुन: विश्वकै एकमात्र हिन्दू अधिराज्यको रुपमा स्थापित गराईनुपर्ने, धर्म निरपेक्ष, गणतन्त्र र संघीयता खारेज गरिनुपर्ने, अखण्ड नेपाल हुनुपर्ने लगायतका मागहरू सहितको ज्ञापनपत्र बुझाइएको दीर्घराज प्रसाईले जानकारी गराउनु भयो ।
मंचले २०६२ मंसिर ७ गते भारतको दिल्लीमा भएको १२ बुंदे राष्ट्रघाती दिल्ली सम्झौता र त्यसमा टेकेर स्थापित व्यवस्था राष्ट्रको लागि खतरा भएको भन्दै त्यसको विरुद्धमा राष्ट्रव्यापी जनजागरण अभियान चलाउने तयारी गरिरहेको संयोजक प्रसाईले बताए ।
सत्ताको आडमा देशभित्र ब्रम्हलुट मच्चाउने भ्रष्टाचारीहरूलाई कडा कारवाही गरी उनीहरूले लुटेको राष्ट्रको सम्पत्ति राष्ट्रिय करण गरिनुपर्ने माग पनि मञ्चले गरेको छ ।
सार्वभौम एकता मञ्चले नेपालको प्राकृतिक, सांस्कृतिक, आर्थिक, सामाजिक व्यवस्था सन्तुलन कायम राखेर सम्पूर्ण नेपालीहरूको जीवनस्तर उठाउन समान रुपमा राष्ट्र निर्माणमा सहभागी हुन पाउने अधिकारकोलागि सबै राष्ट्रवादी शक्तिहरू एकतावद्ध हुनुपर्नेमा संयोजक प्रसाईको जोड रहेको थियो ।
क्राइम चेक साप्ताहिकमा २०७३ भदौ १६ गते प्रकाशित