खरिदबिक्रिको खेलमा जीवन कहाँ पर्दै गए, एकचोटी सोचौं
– प्रशान्त महासागर
नेपाल एकातिर बेच्नेहरुको होडमा बिके भने अर्को खरिददारहरुको सम्मोहमा अलपत्र परे तर मुल्यको सवालमा एकातिरबाट घटे त अर्कोतिरबाट बढ्दै जाने क्रम यथावत रहि रहे । जस्को प्रतिफलामा सबैतिर गिरावट छरि रहे । त्यस्कै नतीजा अनुरुप विकास एउटा कुनै चरी बनी कुन देश प्रदेशमा उडे त्यस
को लेखामा शायद पासपोर्ट शाखा पनि विशुद्ध बनी आफ्नो लेखा राख्ने कुरामा छुटपुटकै मिलाप अन्तर्गत लागिपरे होला किनभने त्यहाँ पनि बिशुद्धका कुराहरु शेष रहेकै छन् । नपुगका कुराहरु त्यहाँ पनि यथावत छन् नै । आफु सरकारी भईकन सरकारी स्कूलमा पढाउन हुन्न भन्ने सोच त्यहाँ पनि शेष छन् नै । सुख सुविधा सयल आराम सबै सरकारी तर मानवीय सोच गैरसरकारी हुने यथार्थता त्यहाँ पनि छन् नै । यो र त्यो आदी आदी हुनुको अर्थ भनेकै हामी अब पूर्णरुपमा मानव हुँदै जानु नै हो । हामीभित्रका अनेक ती स्नायुहरु जसले पीडा र रोदन उत्पादन गरी सक्षम प्रबल सबल बनाउने एक अर्थमा जिम्मेवार तुल्याउने, दायित्व बोध गराई कर्तव्यनिष्ठवान् भनी चिनाउने भावनालाई निस्तेज पार्दै मरणासन्नसम्म पर्याउनु नै हो जस्मा हामी खुशी र सुखी छौं कारण दुई अन्न हिजो जोगार गर्न गाह्रो थियो आज बेच्न प्रयाप्त छन् । हाम्रो ईमानमा बेच्न सक्ने क्षमता नै पैसा बनी जीवनमा ठूलो भूमिका खेल्ने गरेको हामीले महसुस गर्न छोडे पनि कुरा त्यस्तै देख्न थालिएको छ । र हामी कुनै डाम्लो बाँधिएको कुनै खसीबोका झै खरिदबिक्रिको मूल्यसँग रुपान्तरित हुँदै जाने क्रम यथावत छ । तर पहिचान आफुभित्रको कमीको नभई प्रतिस्थित हुने होडकै खेलसँग प्रतिबद्ध हुँदै गई रह्यौं । र देशको रंग रुपमा फेरबदल आए पनि स्वरुप, विरुप कुरुप हुँदै गए पनि बेच्ने कुरा हामीले छोड्न सिकेनौं, खरिदप्रतिको सम्मोह घटेनन् ।
देशको सुगन्ध दिनानुदिन दूर्गन्धित हुँदै जानु पनि हामीभित्रको कुनै एक पूर्जाले अर्कै रुप लिदै जानु हो भन्ने कुरामा नै म विश्वास राख्दछु त्यो भनेको कि त कुनै हामीले बेचेर बिगारेका छौं कि त कुनै खरिद गरेर नै समग्रमा यो देशलाई बिगारि रहेका छौं । र त्यो हामीभित्र भन्ने शब्द विशेषमा म पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्मेलित छु नै । जबसम्म हामीभित्र यसरी वा त्यसरी जसरी भए पनि मर्दै गएको वा कुनै सिद्धान्त भक्ति हुँदै गएको कुरालाई हामीले नै रोक्ने कुरा गर्दैनौं तबसम्म हामी बिक्रि वा खरिदको चपेटाबाट मुक्त हुनेछैनौं । आफ्नो राम्रो र अरुको नराम्रो भन्ने सिकबाट नयाँ पाठ पढ्न जान्दैनौं चाहे कुनै विषयमा कुनै विद्यावारिधि नै प्राप्ति किन नगरियोस् खामिया उसमा कुनै रोग बनिरही रहन्छन् । यस्तोमा उपचारको लागि कुनै कदम सरकारले चाल्ने छैन् पनि । बजार हिजो जस्तो थियो त्यो भन्दा पृथक एवम् समृद्धि पाराले चलाउनलाई सरकार आफैं पनि मौनमै रहन्छन् किनभने उसको राशन सरकारी नै हुन्छन् भने कमाई कहीं न कहीं कुनै न कुनै बाटो बिराएर भए पनि गैरसरकारी तवर उससामु पुगेकै हुन्छन् । उपचारहरु खर्च सरकारी बनी गैरसरकारीकै सेवा पाईरहन्छन् ।
यस्तोमा उसले देख्ने गरेका कतिपय खरिद बिक्रिमा मानव तस्कर समेत सामेल हुँदै जानुलाई सामान्य रोजगारीसँग आबद्ध गराई मौनताकै बसाईमा रम्छन् । र हामी पनि उत्पादन भन्दा ज्यादा उपभोग गर्नेहरुको भीडमा सामेल भई खरिदको बहानामा जीवनलाई विभिन्न तहमा बिक्रि गर्दै जिउनुको अभिनय गर्दै हिड्छौं । हो–हल्ला उत्तेजना आदीलाई रक्त पिचास बनाई बाँच्ने र नपुग कुराहरु कसरी कहाँबाट पूर्ति गर्ने भन्ने कुराहरुलाई मात्र जोड दिएर हिड्छौं । यस्तोमा कुचक्रहरु चल्नु र त्यसको प्रभावमा जीवनहरु हुनु कुनै नौलो वा ठूलो कुरा होईन पनि । हुन त सबैलाई थाहा भएकै कुरो हो कि गाउँहरु दिनानुदिन उजाड हुनु अर्को सहरमा तनाव हुँदा हुँदै बस्तिहरु सोच भन्दा बढी संख्यामा बृद्धि हुँदै जानुले कति आदिम कालका मानिसहरुको धरोहर समेत खतरा पर्दै जानु समस्या त हो तर पनि ती त्यस्ता समस्याहरु स्वयम् बिक्रिकै बावजूद उत्पादन भएका यथार्थता हुन् भने खरिद लापर्वाह तवरले हुनुलाई सरकारले सहज ठान्नु नै ठूलो दोष हो । र दोषको गोटि बन्दै जहाँ मन लाग्यो त्यहाँ किन्ने र जे बेच्न मन लाग्यो त्यही बेच्ने संस्कारले सबैको पहिचान र अधिकार ओझलमा परेका हुन् । अर्को गाउँबाट उत्पादन हुन छोड्नु र सहरमै सोचे भन्दा बढी कमाई एवम् उत्पादन जसमा पर्याप्त मात्रामा विषादी छन् सबैलाई ज्ञात भएकै कुरा पनि हो तर पनि सेवन भन्नुको मतलब खान छोड्ने दिन मृत्यु पछि मात्रै हुनेछ र खानकै लागि देह जस्तो व्यापार पनि प्रयाप्त मात्रामा सहर बजारमै हुनुले यहाँ खरिद बिक्रिको जुन खुलेआम हुने कार्यलाई कसरी सरकारले कहाँबाट पारदर्शिता बनाउने हो त्यसप्रति ध्यान दिन अति आवश्यक छ नै । साथसाथै जो जहाँबाट खरिद वा बिक्रिमा सामेल हुने हो तिनीहरुले आवश्यकता भन्दा बढी खरिद वा बिक्रि गरेर सहर वा गाउँ वा कुनै ठाउँलाई अपवित्र पार्ने कार्य रोक्नु आवश्यक छ ।
यी कुरालाई वेवास्ता गर्दै जाने हो भने यहाँ बजार अझै धेरै वस्तुको अनियन्त्रित रुपमा बढ्दै जानेछन् नै । खान हुने र नहुने भन्ने एउटा कुनै शब्दकोषको अक्षर मात्र बनिदै जानेछन् । त्यसको फाईदा सर्वसाधारणहरु लिने कुरामा म कहिल्यै विश्वस्त छैन् पनि । पुन: हाजिर सरकारी तर छोराछोरीको पढाई सबै गैरसरकारीमा भई रहन्छन् नै भने उपचार खर्च सरकारी बन्दै सेवा सबै गैरसरकारी भई रहन्छन् नै । गाउँ उजाड अनि सहरमा भीड जहाँ जीवनको मोल दुई दामको पनि रहने छैनन् । जब जीवनहरु दुई दाम भन्दा नि गिर्ने छन् तब आमाको मातृत्वले सन्तानको लागि पीडा खपेको सहेको कुरा पनि कुनै दिन एक कुनै नाटकको चरित्र परिचय मात्र हुँदै जाने कुरामा म विश्वास राख्दछु । त्यसैले टाढा कतै धाउनै पर्दैन अनुहार हेर्न ऐना आफैसँग छ एक चोटि सोच्नुस् ठान्नुस् कतै शुरुवातको पहिलो कदम तपाईले पो तपाईको ठाउँबाट चाल्नु भो कि....? जहाँ बिक्रि खरिदको खेलमा कुनै नौलो पारदर्शिता छाउने पो हो कि...? समय कम छ, जीवन लामो छ जहाँ धेरै भावनाहरु विस्तारि विस्तारि बसाई सर्दैछन् भने उजाड हुनु, उत्पादन नहुनु, कुरुप हुनु रोग धर्तीलाई लाग्दैछन् । यो रोक्नु आजको आवश्यकता हो । मूल्य भन्दा नि अधिकार र पहिचानसँगै खरिदबिक्रिका कुराहरु आबद्ध छन् भने मलाई विरुप मैले नै पार्ने हो भन्ने कुरालाई पनि सहजै मनभित्र बास दिऊँ । यात्रा लामो भए पनि गन्तव्य जीवनका जीवन आसपास नै छन् । त्यसैले १५ वर्षभित्र बृद्धि हुने दिमागलाई जीवनकालभरि तिखारेर नै बाँचौं । र बाँच्नुको अर्थ सासको चलखेल मात्र पनि होईन भन्ने कुरासँग लागी आफैंलाई आफैद्वारा प्रतिस्थित बनाउँदै लगौं ।
(क्राइमचेक साप्ताहिकमा २०७३ भदौ ०९ गते बिहीबार प्रकाशित)