ब्रेकिङ समाचार

अनुरोध पत्र

- मीन बहादुर थापा

आदरणीय डाक्टर गोबिन्द के सी जिउ !
तपाई ले धेरै पटक प्रत्क्ष्य जनता संग सरोकार र सम्बन्ध भएका स्वास्थ्य र सिक्षा जस्ता संबेदन शिल बिषय बस्तु हरु मा आमरण बसी न्या र कानुन को पालना गर्दै राष्ट्र र नेपाली जनता लाइ ठुलो गुण लगाउनु भए को छ | तपाई को यो असल काम मा स्वोदेश मा बस्ने नेपाली जनता र बिदेसमा बस्ने नेपाली जनता ले साथ नदिएको पनि होइन |पटक पटक को आमरण अनसन मा यहाँ लाइ पटक पटक अहिले का छद्मम भेषी नेता तथा प्रधान मन्त्रि ,र मन्त्रि हरु ले धोका दिएको पनि घाम जस्तै छर्लंग हामी सबै लाइ थाहा नै छ | अब पनि तपाई लाइ यसरि नै थाग्ना मा सुताऊ छन् भन्ने कुरा मा हामी बिश्वस्त छौ | तेसर्थ मेरो बुझाई मा यो अहिले को जुन राज्य व्यवस्था छ यस्ता राष्ट्र घाती र जनता बिरोधि हरु का लागि उर्बर भुमि जस्तै भएको छ | किन कि यसमा न धर्म छ न कर्म छ न यो व्यवस्था नेपाली जनता ले खोजे क नै थिए | आज का दिन मा यी छट्टु नेता हरु ले अधिकार र बिभिन्न जाति लाइ राज्य दिने बहाना मा कुकुर लाइ हड्डी दिएर भुल्याये झैँ भुल्याइ रहेका छन् | जनता आफु आफु लडी रहेका छन् छट्टु हरु सोर्न र चोर्न मा मस्त छन् | डाक्टर साहेव तपाई एउटा देश को बुझ्ने नागरिक मात्रै नभएर अरु लाइ बुझाउने सचेत नागरिक हो | तपाई साच्चै छाति मा हात राखेर भन्नुस त् के ०६३ सालको आन्दोलन मा संबैधानिक राजसस्था र बैदिक सनातन हिन्दु राष्ट्र को बिरोध मा नेपाली जनता बाट कहिँ कतै कुनै दिन सडक मा उत्रे र मांग गरे का थिए त ? एक्कासी यी दुवै बिषय बस्तु राता रात कसरि गाएब भए ? हामी सबै लाइ थाहा छ बिदेशी धर्म कुसस्कार अराजक अनुशासनहिनता का बाधक राजसस्था र हिन्दु राष्ट्र थिए | यी दुवै बिषय लाइ फाली दिदा अधर्मी चोर चण्डाल र बिदेशी हरु को बोला बाल हुने निश्चित थियो | यो बुझेर नै हाम्रा छिमेकि देखि सात समुन्द्र पारि का धर्म परिबर्तनकारी हरु ले यी भ्रस्ट नेता हरु लाइ यो अहिले को गन्जागोल मा फसाए का हुन् | यी भ्रस्ट हरु पनि यहि चाहन्थे राष्ट्र मा कसै को डर नहोस छाडा हुन् पाउ राष्ट्र धर्म सिदियोस र कुकर्म गर्न पाउ | आज सर्ब साधारण नेपाली र राष्ट्र ले र तपाई जस्तो नैतिकवान जागरुक नागरिक ले यो भोग्नु परि राखे को छ | तेसै ले अहिले को राज्य व्यवस्था भने को अराजक अनुशासन हिन ,भ्रस्ट राष्ट्रघाती हरु को लागि उपयुक्त बसिस्थान हो जहाँ यस्ता नैतिकहीन हरु को सुरक्षा हुन्छ जस्तै जंगल मा जनावर को उपयुक्त स्थान हो जसले जसलाई मारेर खाए पनि हुन्छ | तेसर्थ यो राज्य व्यवस्था भनेको यस्तै राष्ट्रघाती हरु का लागि उर्बर व्यवस्था हो फटाहा लुच्चा लफंगा जियान मारा हरु ले जे गरे पनि हुन्छ | राष्ट्रबाद भने को अहिले एका देश को कथा भए को छ भारत को बिरोध गर्नु नै राष्ट्रबाद को परिभाषा भए को छ तर भारत ले लिनु पर्ने फाइदा लिइ नै रहेको छ | अब यो अवस्था मा मेरो बुझाई मा व्यक्ति व्यक्ति को बिरोध गरेर समस्या को समाधान होला जस्तो लाग्दैन | तपाई हामी जस्तो मानिस लेयिनी हरु को बस्यस्थान नै उन्मुलन गर्न तिर लगेउ भने समग्रह मा राष्ट्र र जनता ले कोल्टे फेर्ने थिए कि ? नभए जंगली हरु को जंगली राज चलि नै रहने छ तपाई हामी उस्ता को उस्तै |