ब्रेकिङ समाचार

लिलामीमा राष्ट्रवाद

–योगेन्द्र गौतम
हामी नेपाली हौं, हाम्रो स्वाभिमान हाम्रो आत्मीय विकास हो । हाम्रो मौलिकता र स्वतन्त्रता स्वछन्दतमा आधारित हुन पर्दछ  । हार्मो सार्वभौमिकता सुरक्षा र हामीबीचको एकता आजको आवश्यकता हो । जनताले राज्य संचालनका निमित्त आफना प्रतिनिधि चुनेका छन् । प्रतिनिधिबाट देशको नेतृत्व पनि छ तर नेतृत्व भने जनता प्रति उत्तरदायि छैन । भ्रष्टाचार अराजकता र नैतिक पतनबाट ग्रसित छ ।

जनताले आफनो रगतबाट अर्जेको धन रा
ज्यलाई कर तिरेका छन् । त्यो तिरेको कर राष्ट्र बिकासको लागि हो । आज विदेशमा रोजगारदाता नेपालीहरुले अरबौं रेमिट्यान्स सरकारलाई बुझाएका छन् । सरकार भने जनताको धनमा मोज गरिरहेको छ । संसद तलब भत्ता बढाएर जनतामा संसद प्रति बिश्वास नरहने वातवरण बनाएको छ । प्रधानमन्त्री निवासको खाजा खाना र भ्रमण करोडौ खर्च भएको छ । उपचारको नाउमा नक्कली मेडिशन बिल बनाएर संसदहरु नै जनताको धन लुट्न तल्लिन छन् । कसरी होला देशको विकास ? आजको  विश्व आर्थिक रुपमा निकै मजबुत छ र निकै प्रगति गरिरहेको छ । आन्तरिक विवाद भय पनि राष्ट्रियताको सवालमा एक देखिन्छन् ।

छिमेकी भारत र चीन पनि राजनीतिक पक्ष–प्रतिपक्ष भएपनि राष्ट्रियताको सवालमा एक भएका हुन्छन् । नेपालमा राष्ट्रियताको विषयमा राजनीतीक दल र नेताहरू एक हुन नसक्नु दुर्भाग्य हो । हाम्रो धर्म, परम्परा, संस्कृति, भेष र भाषा यिनै राजनितीक दलबाट लिलाम हुँदैछ । हाम्रा राष्ट्रिय गौरब आज बिदेशीलाई सुम्पिंदैछन् ।

गणतन्त्र आएपछि जनताले स्थायी शान्ति र विकासको आशा गरेका थिए तर बिडम्बना नेताको मात्र बिकास भयो जनता र देशको भएन । गणतन्त्र विश्वका अनगिन्ति देशहरुमा पनि छन्, त्याँ बिकृति छैन जनताको विकास भएको छ । तर नेपालको माटो, हावा पानीसँग असुहाउँदो गणतान्त्रिक व्यवस्था आएपछि स्थायित्व राजनीति र विकास परै जाओस् उल्टै जातीयता र क्षेत्रीयताको आधारमा देशलाई बिखण्डन तिर उन्मुख बनाइँदैछ । के यही हो राष्ट्रबाद ? आपसी सद्भाव विश्वास र एकताका साथमा मिलेर बसेका नेपाली जनता बीचमा फाटो हालेर जुन लडाउने काम गरियो पहाडी र मधेशीको नाउँमा राजनीतिक विकृति फैलाइयो यस्ता नलायक नेता प्रति धिक्कार छ ।

(क्राइम चेक साप्ताहिकमा २०७३ भदौ २३ गते बिहीबार प्रकाशित)