ब्रेकिङ समाचार

मोदीको अभिव्यक्तिमा आपत्ति गर्नुपर्ने कारण छैन: अधिवक्ता दाहाल

क्राइमचेक प्रतिनिधि/
काठमाण्डौ डेस्क/ भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले बुद्धको बारेमा भियतनाममा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको अधिवक्ता ज्योती दाहालले बताउनु भएको छ ।

क्राइम चेकसँग संक्षिप्त कुराकानी गर्दै अधिवक्ता दाहालले भन्नुभयो, “भियतनाममा भारतका प्रधानमन्त्रीले बोलेको शव्दमा आपत्ति गर्नुपर्ने कुनै वाक्य छैन । युद्ध विभिषिकाबाट प्रताडित देशमा गएर चार ॐकार परिवारका सदस्य एवम् वुद्धले बुद्धत्व पाएको भूमी उहीँ भारत भएकोले त्यसो भन्नू किमार्थ नराम्रो हैन ।”

नारा र चर्को भाषण मात्र गर्ने तर काम केही नगर्ने समुदायप्रति लक्षित गर्दै अधिवक्ता दाहालले प्रश्न गरे, ‘हामीले के गरेका छौं र बुद्ध जन्मभुमिको प्रचार गर्न ? यिनै मोदी लुम्बिनी जान खोज्दा अनेक बाधा हालेका हैनौं र ? मोदी साँच्चै बुद्ध जन्मभूमि भारत हो भन्ने विश्वास गर्थे भने किन लुम्बिनी जान चाहन्थे ? पक्कै चाहने थिएनन् ।’

दोष हाम्रो शासकमा छ अरुलाई सराप्न बाहेक जानिएको के छ र हामीले ? दाहालको प्रश्न थियो ।
समस्त भारतवर्ष बुद्धभूमी हो । त्यसमध्येको नेपाल खण्ड जन्मभूमि हो । संस्कृतका महाकवि कालिदास पवित्र गण्डकी क्षेत्रमा पर्ने रिडिका हुन् । यिनको जन्मभूमिको खोज गरौं ।
‘कालीको कृपाबाट यिनको जन्म भएकोले नै कालिदास रहन गएको हो । यिनका रचनाहरुमा नेपालको रहनसहनको समेत व्याख्या पाइन्छ । तर किन यिनलाई हाम्रो सम्पदा बनाउन सकेनौं ?’ अधिवक्ता दाहालको प्रश्न थियो ।


हुन त अहिले नेपाली भाषामाथि आक्रमण भएको बेला संस्कृत भाषामा लेख्ने व्यक्ती किन पो पुज्य हुन्थे र ? हाम्रो भाषामाथि अर्को मुगल हमला गराउन यहाँका शासक नै लागि परेका छन् । पशुपतिनाथले अवश्य रक्षा गर्नेछन । जय पशुपतिनाथ ।’

(क्राइम चेक साप्ताहिकमा २०७३ भदौ २३ गते विहीबार प्रकाशित)