ब्रेकिङ समाचार

पूर्वराष्ट्रपतिको लागि एउटा खुल्ला पत्र

-प्रशान्त महासागर

आफ्नो कार्यकालमा एक माखो मारेर कुनै सही निर्णय गर्न नसक्नेहरु जो एक हिसावमा कुनै अपाङ्ग सरह तर देशले पाल्नु किन आवश्यक छ ? कि उसको हातले खान नसकेको हुनु पर्‍यो कि हिंड्न नसकेको हुनु पर्‍यो । यसमा पनि साधारण मानवीय नियम अनुरुप रेखदेख गर्ने काम परिवारकै हुन्छ । र परिवारको सवालमा प्रत्येक पूर्वजहरुलाई देशले नै पाल्ने हो भने स्वास्थ्यको जिम्मा, जीवनको जिम्मा सरकारले उठाउँदै जाने तथा सुविधाहरु लादेर जाने हो भने देश कुन मोड र गल्लि भएर स्वाधिनताबाट पराधिनतामा विलिन हुने हो, सोच्न आवश्यक छ । सरकार सधैं शक्तिमा हुनेकै मात्र हो भने या पूर्व शक्तिबाट सुसज्जित हुनेहरुकै मात्र हो भने यहाँ देशमा जनता रहनुको अर्थ के छ ? बारबार जनता कर तिर्नुको आवश्यक खर्च के भत्ताहरु मात्रै, सुविधाहरु मात्रै हो र ? यदि होईन भनि कसैले अब पनि निर्णयको लागि आवाजहरु बुलंद गरेनन् भने यहाँ अब नेपाली हुनुको कुनै अर्थ छैन् । नेपाल सरकारलाई कर तिर्नु र नेपाल सरकारलाई सिंहदरबार भन्दा बाहिरको गतिविधिबाट बाहिरै राख्ने कुनै शक्ति जनताको शक्ति अति आवश्यक भएको छ ।

हामीलाई दुई गाँस मीठो र एक जोर राम्रो लगाउन कति संघर्ष गर्नु पर्छ भन्ने कुराहरु सर्वव्यापि हुँदा हुँदै पनि हामीले हाम्रै पसिना र रगतले संकलित गराउन दिएको सम्पत्तिमाथि रजाई गर्न दिई हामी गणतन्त्र लोकतन्त्रमा बारबार दासत्वको शिकार हुन किन रम्ने ? कि नेपालीहरुको वास्तविक पहिचान र अधिकार नै त्यही हो कि..? अब पनि हामी सोच्न सक्दैनौं र लगातार यही कुरालाई दोहरिन दिई रहने हो भने आजको अहिले नै जीवन परित्याग गर्ने लहर ल्याउनु अति आवश्यक छ नै । सरकारलाई बदलेर मात्र चरित्र आचरण परिवर्तन हुन्छ र विकास हुन्छ भन्ने मनस्थिति अझ पनि रहिरहेको खण्डमा हामी घर न घाटको हुने कुरालाई कसैले भनि रहनु पर्दैन पनि । हामी आफ्नो लिलामी गर्न आफैं बजारको व्यवस्था गर्न सदा तत्पर हुनु नै पर्ने हुन्छ ।

त्यसैले आज मेरो सरकारले गरेको ठीक भन्ने परिपार्टिमा छौं भने भोली त्यही कुरा अरुले प्रथा बनाउने छन् भने त्यो बेला पनि सहन गर्ने गर्न सक्नु पर्छ । आज मेरो लुटिएको छ भने भोली तिम्रो पनि मैले लुट्नु नै पर्ने हुन्छ । त्यसैले यदि खराब प्रथा बन्दै छन् भने त्यसको विरोध गर्नु अति आवश्यक छ नै । त्यो अवस्था व्यवस्था कस्को भन्ने कुरालाई यदि आफु मानव हो भने बिर्सिनु अति आवश्यक छ र सुविधाको सवालमा स्वयम् आफ्नै बाउ ले लिन खोजेको छ भने पनि त्यसमा अब हुन्न भन्ने दिनको लागि बाँच्नु अति आवश्यक छ । साथसाथै पदमा हुनेहरुले पनि पदिय मर्यादा बेगर सुविधा नलिई गणतन्त्रका, लोकतन्त्रका प्राणी हौं भनी बाँच्ने प्रथा चलाउन दिने संविधान सुधारको आवाज बुलंद पारौं । दिइएका, दिन लागेका सुविधाहरु तत्काल खारेज हुनुपर्छ भन्ने दबाब दिन जागरुक होऔं । र काम बेगरका भत्ताहरु आखिर के का लागि, कि पैसा नै खान मिल्छ भन्ने कुरालाई प्रवाह सरकारले गर्नु पर्‍यो होईन भने एक दिन जनताले नेताको पैसा चल्दैन भन्ने दिन अब टाढा छैन् पनि । अर्को पूर्वराष्ट्रपतिको पिसाव नली सफा गर्न लाग्ने खर्चमा बरु नपुग थप पैसा राखेर त्यो मेशिन नै पो नेपालमा ल्याउने हो कि....?

डाक्टर नक्कली सक्कली गरि धेरै यहाँ छँदैछन् भने एक न एकले त अवश्य प्रविधि सम्बन्धि ज्ञान त लिएकै होला, नलिएकै भए पनि एकचोटिको लागि विदेश गई उपचार गराउनु सट्टा यतै बोलाएर उपचार लिंदा देशकै हित हुन्छ भने त्यो कार्य किन राष्ट्रपति जस्तो पदमा आसिन भईसकेको व्यक्तिबाट नगर्ने त ? आखिर देशको पहिलो राष्ट्रपति पहिलो प्रविधि पनि राष्ट्रकै नाउँमा किन निछावर नगर्ने ? साथसाथै अरुलाई दिनु पर्ने अनेक भत्ताहरु देशमै रहन्छन् भने अर्को केही कारणवस विदेशमै समय पश्चात खुस्कीनु भो भने पनि स्वदेशको ऋण लाग्ने छ नै । त्यसैले सबैमा मेरो यो अनुरोध छ कि सेवा र सुविधा लिनु पूर्व पनि आफु योग्य छु वा छैन् त्यसमा पनि एकचोटि विचार गरौं । साथसाथै सेवा र सुविधा लिंदा देशलाई के दियौं र के दिन बाँकी छ त्यो पनि बुझौं । आज सानो भन्दा सानो सफाईमा ३ करोड देशको नोक्सानी गराउनु भन्दा त्यो ३ करोडको सदुपयोगमै ज्यान गुमाउनु उचित हुन्छ ।

अन्तमा, दिनहुँ धनियाँलाई सफा पानीमा उमालेर खालि पेटमा सेवन गर्नुस् पूर्वराष्ट्रपति ज्यू । हजुरको पिसाव नली पनि सफा हुन्छ, हजुरको दिल पनि शुद्ध सदा हुन्छ नै । रोगको सवालमा आत्माबल बढाउनुस् । देशमा उत्पादन भन्दा ज्यादा उपभोग गर्नेहरु हुँदा नि कहाँबाट कसरी परिपूर्ति हुँदै छन् त्यतातिर शुद्ध उत्पादनको एउटा पहल चलाउने आदेश पूर्वराष्ट्रपतिको हैसियतले नभईकन आम नेपाली भएर दिनुस् हजुरको मात्र होईन, आम नेपालीहरु सबैको पिसाव नली आफैं सफा हुन्छ नै भने देशले हजुरलाई सम्झिने अनेक कुरामा एक यो पनि रहने छ । अर्को सानो कुरा सानो मान्छेको के त भन्दाखेरि हजुर राष्ट्रकै लागि जन्मिनु भएकै हो भन्ने कुरालाई राष्ट्रपति भएर देखाउनु भो भने अब साँच्चिकै व्यवहारमा देखाउने काम त्यो सुविधा लिनुस् तर मेशिन नै किनेर देखाई दिनुस् । यही नै हजुरको राष्ट्रबाद हुनेछ  भने एउटा भगवान् नेपालको सन्दर्भमा हजुर नै सावित हुनेछ नै ।

prashantsharmila2@gmail.com

(२०७३ भदौ १६ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित)