नयाँ नेपाल स्वीट्जरल्याण्ड कि सुडान ?
 – निरञ्जन घिमिरे
– निरञ्जन घिमिरेइतिहास कसैले मेटेर मेटिंदैन अत्याचारको पनि सीमा हुन्छ जब कुनैपनि कुराले सीमा पार गर्छ तब कसैले रोकेर रोक्न सक्दैन हामी वीर बहादुर गोर्खालीहरुलाई जो कसैले त आफ्नो पूर्वज पितृहरुका तस्विर ठूलो बनाएर भित्तामा टाँस्छन् भने मेरो प्रश्न गणतन्त्रलाई ती सालिकहरु भत्काउनुको खास कारण के ? के सालिक देश विकासको बाधक हो ? यस्ता चिजहरुलाई सक्छौ सजायर गहना बनाइ राख सक्दैनौं बिगर्ने र भत्काउने कोसिस नगर्नु यी हाम्रा देशका सम्पत्ति बराबर हुन् ।
त्यसैपनि बिगत माओवादी जनयुद्ध देखि यता हाम्रो देश नेपाल र हामी नेपाली जनताले धेरै कुराहरु जस्तै मान इज्जत प्रतिष्ठा अझ धेरै कुराहरु गुमाई सकेको अवस्था छ उदाहरण एउटै काफी हुन्छ माओवादी जनयुद्ध भन्दा पहिला र अहिलेको अवस्था पहिला वीर बहादुर गोर्खाली भन्दा सबैले आत्म सम्मान गर्थे, सबैले बहादुर भन्थे नेपालसँग विश्व झुक्थ्यो आज म परदेशमा छु कसैले सोध्दा छाती खोलेर भन्छु म त्यहि वीर बहादुर गोर्खालीको छोरो हो भनेर तर कसैले अलिकति पनि गन्दैनन् उल्टै हेप्छन् नेपाल र हामी नेपालीलाई ।
सम्भिंmदा दु:ख लाग्छ पहिला नेपालसँग अरुले शक्ति माग्थे अहिले नेपालले अरुसँग भिख माग्छ नयाँ नेपालको नाममा भएका भौतिक संरचनाहरु बिगर्ने र भत्काउने अनि सरकारको पद पाएउछि पुनर्निर्माणको लागि दुईहात जोडी भिख माग्ने लाजमर्दो कुरा । विकासको आशामा बसेका दुर्गम पहाडी भेगका बिचरा ती गरिब जनाहरु कहिले पहाडको टुप्पोमा ठूला स्कुल, अस्पताल, गाडि अनि बिजुली पुग्ला र उपभोग गरौंला भनेर कुरिरहेका छन्, यता सरकारमा जिताएर पठाएको नेताज्यूहरुको ताल यस्तो छ अझै सम्म पनि एउटा सालिकको पछाडि कुदिरहेका छन् यस्तै हो भने नयाँ नेपाल त बन्छ तर स्विजरल्याण्ड हैन सुडान भने पक्का छ ।
देश विकासको काम गर्नु त के अलिकति होलाकी जस्तो नाम पनि सुनिएन । अचम्म छ, धनिलाई धनमाथि धनै धन भने जस्तै सहरमै सबैथोक अझै सहरै हेर्दै छन् अनि त्यो पहाडमा चाहिं कहिले हेर्ने ? दुई तिरबाट खच्चड आयो भनेपनि साइड दिने ठाउँ नहुने अझै मान्छे बिरामी हुँदा डोकोमा बोकेर कुद्नु पर्ने हस्पिटल कता हो पुर्याउञ्जेल बाटैमा मर्ने कि बाँच्ने ठेगान छैन, त्यस्तो छ छ अवस्था । त्यता तिर ध्यान दिनु त कता हो उल्टै भएका संरचना भत्काएर इतिहास मेट्दै छ नयाँ नेपालको नयाँ सरकार । पीर लाग्छ यस्तो पाराले के देश बिकास होला र ?
जबसम्म हाम्रो देशका नेताज्युहरुले आफ्नो देश र जनताको माया गर्दैनन् तबसम्म बिकास सम्भव छैन यो कुरा कसरी हो त भनेर भनिरहनु जरुरी देख्दिन । सबैले बुझ्ने कुरा हो जनताको लासमाथि टेकेर सत्तामा पुगेका नेताज्यूहरुले के त्यही जनताहरुलाई माया गर्लान् त ?
असम्भव छ झ् त्यो एक सत्ता स्वार्थ मात्रै हो न त नेताले देश र जनतालाई नै माया गर्छन् न त देश नै बिकास हुन्छ । म कुनैपनि नेताज्यु र पार्टीको पछाडी लागेर दौडिने मान्छे हैन म त केबल एक सच्चा नेपाली नागरिक हुँ । सेतो चस्मा लगायर हेर्छु जे देख्छु त्यहि लेख्छु । नेपाल र नेपाली जनतालाई माया त तिनले गरेका थिए जस्ले २२ से र २४ से राज्यलाई रात दिन दु:ख कष्ट गरि सम्पूर्णलाई एकजुट गराई सिंगो नेपाल एकीकरण गरेका थिए । माया त तिनले गरे जसले १०/२० जना देशका जनता मर्दा मेरा जनता सकिए भनेर रातको १२ बजे उठि नेपाली जनताको चाहना पूरा गरेका थिए । माया तिनले पनि गरे जसको पुस्तौंदेखि चल्दै आएको आफ्नो बंशाणुगत सत्ता अनि आफ्नो कार्यभार कत्तिपनि नसोची सर्वसाधारण जनताको हातमा सुम्पिदिएका थिए । त्यो हो देश र जनता प्रतिको बलिदान अनि आत्मिय माया । आज त्यस्ता महान हस्तीहरुको एउटा सालिक राख्दा पनि भत्काउने कति सम्मको जायज कुरा हो त ? माया भन्ने मुखले बोलेर हुँदैन गरेर देखाउनु पर्दछ चारजना समाजको बिच कठै बिचरा त शत्रुले पनि भन्छ तर एकान्तमा पायो कि पछाडीबाट ठहरै बनाउँछ तेस्तै हुनुहुन्छ हाम्रो देशका नेताज्युहरु । सरकारमा पुग्नु भन्दा अगडी खुल्ला मन्चको भाषण सुन्दा अब चैं केही गर्लान् कि जस्तो लाग्छ भोट हाल्यो जितायो पठायो हात लाग्यो शून्य ।
प्रधानमन्त्री बन्ने होडबाजीमा देश डुबिसक्यो, विकासका मूल आधारभुत मुहानहरु खोज्नु त पर जाओस् अझैपनि भत्काउन र बिगार्न नै लागिपरिरहेका छन् । प्राकृतिक श्रोतसाधनले भरिपुर्ण हाम्रो देश नेपाल आत्माघाती राजनीतिक र क्षणिक लोभ लालचमा परी मूर्ख बनेका जनताहरुको कारण हाम्रो देश आज यो अबस्थामा गुज्रिन पुगेको छ यदि यस्तै राजनीतिक खिच्चातानी भैरहने हो र जनताले सधैं दु:ख पाइरहने हो भने यस्तै झै झगडाका कारण हाम्रो देश नेपाल स्वीट्जरलैण्ड हैन सुडान जस्तो बन्न बेर छैन । त्यसैले अब हामी सबै नेपाली जनता मिलि एकजुट भई यस्ता अराजक कार्यहरु रोकि देश बिकाशको बाटो तिर धकेलौ ।
(क्राइमचेक साप्ताहिकमा २०७३ भदौ २३ गते विहीबार प्रकाशित)
 
 
 
 
 
 
 
 
 
 
 
 
