ब्रेकिङ समाचार

लायन्सद्वारा महिलालाई सल, कपडा तथा खाद्य सामग्री वितरण

वीरगंज, २८ पुस/
विश्वको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लवको संस्थापक मेल्विन जोनको जन्म जयन्तीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेश्रो दिन बिहीवार नारायणी उप क्षेत्रीय अस्पतालमा रहेका महिला रोगीहरुलाई ६० थान साल, ६० थान बच्चाको कपडा, बिस्कुट तथा फलफूल वितरण गरियो ।

महिला समाजसेवीहरुको संस्था लायन्स सेन्ट्रल सिटीको तत्वाधानमा आयोजित कार्यक्रम क्लवका अध्यक्ष अनामिका पुजारीको सभापतित्वमा सम्पन्न भयो ।

सो समारोहमा लायन डिएन अग्रवाल, वरिष्ठ लायन आर एस खेतान, रिजन चेयर पर्सन उमेश साह कानु, जोन चेयर पर्सन मिनाक्षी गुप्ता, जोन चेयर पर्सन प्रजय हरलालका, आरबी पाण्डे, देव चौधरी, कपिलदेव तिवारी, विजय गुप्ता, मिरा खेतान, सीता अग्रवाल, आदर्श नगरका अध्यक्ष विनय वंशल, सेन्ट्रलकी अध्यक्ष निभा दास,, स्पेरोका अध्यक्ष रेशमा सर्राफ, नेहा खेतान रेखा वैद्य, अर्चना वर्णवाल, विजया ओझा, सोनल, ममता, मिना, चिकित्सक वर्ग, समाजसेवी, पत्रकारलगायतको भव्य सहभागिता रहेको थियो ।

कार्यक्रममा वीरगंज तथा जीतपुर क्षेत्रका सबै लायन्स लियोहरुको सहयोगात्मक सहभागिता रहेको थियो ।