लायन्स क्लवद्वारा दुई वटा शिविरको आयोजना
वीरगंज, १ माघ/
विश्वप्रसिद्ध सेवामूलक संस्था लायन्स क्लवको तर्फबाट दुई वटा आँखा शिविरको आयोजना गरिएको छ ।
लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मजयन्तीको अवसरमा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत निःशुल्क आँखा परीषण तथा लेन्ससहितको मोतियाविन्दू शल्य चिकित्सा शिविर संचालन गरिएको हो ।
लायन्स क्लव आदर्शनगरका अध्यक्ष विनय वंशलको सभापतित्वमा लायन्स सचिवालय एवं बाराको प्रस्टोकामा सम्पन्न कार्यक्रममा २६८ जना रोगीको परीषण गरी मोतियाबिन्दू रोगीहरुको आर.एम. केडिया आँखा अस्पतालमा लेन्ससहितको अपरेशन गरिने कुरा रिजन चेयर पर्सन उमेश साह कानुले जानकारी गराउनु भयो ।
सो समारोहमा डिएन अग्रवाल, मनोज बावरी, भवरलाल पारिख, संदीप केडिया, वरिष्ठ लायन आर.एस खेतान, जोन चेयर पर्सन मिनाक्षी गुप्ता, आकाश सर्राफ, प्रजय हरलालका, शंकर मारु, बिमल जगानी, दीपक टिवडेवाल, राजकुमार सरवागी, संजय अग्रवाल, वैद्यनाथ राम, पत्रकार, समाजसेवी, महिलापुरुषको भव्य उपस्थिति रहेको थियो ।
लायन्स क्लव आदर्शनगरको मूल आयोजनामा संचालित सो कार्यक्रममा वीरगंज तथा जितपुर क्षेत्रका सबै लायन्स लियोहरुको प्रत्यक्ष अप्रत्यक्ष सहभागिता रहेको थियो ।
विश्वप्रसिद्ध सेवामूलक संस्था लायन्स क्लवको तर्फबाट दुई वटा आँखा शिविरको आयोजना गरिएको छ ।
लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मजयन्तीको अवसरमा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत निःशुल्क आँखा परीषण तथा लेन्ससहितको मोतियाविन्दू शल्य चिकित्सा शिविर संचालन गरिएको हो ।लायन्स क्लव आदर्शनगरका अध्यक्ष विनय वंशलको सभापतित्वमा लायन्स सचिवालय एवं बाराको प्रस्टोकामा सम्पन्न कार्यक्रममा २६८ जना रोगीको परीषण गरी मोतियाबिन्दू रोगीहरुको आर.एम. केडिया आँखा अस्पतालमा लेन्ससहितको अपरेशन गरिने कुरा रिजन चेयर पर्सन उमेश साह कानुले जानकारी गराउनु भयो ।