ब्रेकिङ समाचार

लायन्सद्वारा निःशुल्क चिया वितरण एवं विभिन्न कार्यक्रम

वीरगंज, २ माघ/
लायन्स क्लवका संस्थापक मेल्विन जोनको सप्ताहव्यापी जन्मजयन्ती मनाउने क्रममा आज लायन्स क्लव अफ वीरगंज ग्रीन, मिलिनियम, युथ, ग्रेटर, युनाइटेड प्लास्टद्वारा संयुक्त रुपमा निःशुल्क चिया वितरण कार्यक्रमको आयोजना गरियो ।

वीरगंजको माइस्थान चोकमा आयोजित सो कार्यक्रममा खुल्ला रुपमा सर्वसाधारण, मजदुर, रिक्सा चालकलगायत विभिन्न वर्ग एवम् समुदायका व्यक्तिहरुलाई एक हजार कप चिया निःशुल्क वितरण गरिएको रिजन चेयर पर्सन उमेश साह कानुले जानकारी गराउनु भयो ।

सो कार्यक्रममा डिएन अग्रवाल, देव चौधरी, वासु तिमल्सिना, राघव आचार्य, मनोज बावरी, भवरलाल पारिख, लायन आर.एस खेतान, जोन चेयर पर्सन मिनाक्षी गुप्ता, आकाश सर्राफ, प्रजय हरलालका, वैद्यनाथ राम, विजय कुशवाहा, विनय वंशल, मनिष सिस्का, विजय गुप्ता, पत्रकार, समाजसेवी, महिलापुरुषको भव्य उपस्थिति रहेको थियो ।
त्यस्तै लायन्स क्लव जितपुर सिमराद्वारा बाराको छातापिरास्थित स्वास्थ्य चौकीमा १ हजार लिटरको खानेपानी ट्यांकी, पानी तान्ने विद्युतीय मोटर, पाइपलगायतका जडान सामग्री, धारा नल, बेसिन लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।

सो कार्यक्रममा संजय साह, मुकुन्द बहादुर क्षेत्री, रामेश्वर प्रसाद गुप्तालगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी लियो क्लव अफ जितपुर सिमराद्वारा सिमरास्थित अपाङ्ग संस्थामा अपाङ्गहरुको लागि लुगा वितरण गरिएको थियो ।