ब्रेकिङ समाचार

लायन्स क्लवद्वारा निःशुल्क दन्त परीक्षण कार्यक्रम

वीरगंज, ३ माघ/
 लायन्स क्लवद्वारा मेल्भिन जोन जन्म जयन्ती साता व्यापी कार्यक्रम अन्तर्गत आज अन्तिम दिन लायन्स क्लव अफ वीरगंज गोल्डेन, स्पारो तथा वीरगंज स्माइलको संयुक्त आयोजना तथा एम.बी. केडिया डेन्टल कलेजको सहयोगार्थ जीवन ज्योति स्कूलमा निःशुल्क दन्त परीक्षण कार्यक्रम आयोजना गरियो ।

त्यस स्कूलका नर्सरीदेखि कक्षा सात सम्मका करिब तीन सय जना विद्यार्थीहरुको निःशुल्क दन्त परीक्षण गरिएको लायन्स क्लवका रिजन चेयर पर्सन उमेश साह कानुले जानकारी गराउनु भयो ।

बालबालिकाहरुमा चकलेट, जंकफुडलगायतका कारणले दाँतसम्बन्धी विभिन्न समस्या तथा रोगहरु लाग्ने हुनाले सोको चेतना स्वरुप सो कार्यक्रममा मदत पुग्ने एम.बी केडिया दन्त हस्पिटलका वरिष्ठ दन्त चिकित्सक डा. स्वागतले जानकारी दिनुभयो ।

सो कार्यक्रममा गोल्डेन स्पारोका अध्यक्ष रेशमा सर्र्राफ, स्माइलका अध्यक्ष आमिर आलम, लायन्स सिनियर एडभाइजर डि.एन. अग्रवाल, देव चौधरी, उमेश साह कानु, राघव आचार्य, वासु तिमिल्सिना, प्रजय हरलालका, सिखा, निशा, सीनल, गौरव केडिया, राम विहारी पाण्डे, मिनाक्षी गुप्ता, अनामिका पुजारीलगायतका लायन्स सदस्यहरुको सहभागिता रहेको थियो ।

यसका साथै लायन्स क्लव वीरगंजद्वारा घण्टाघरदेखि भन्सारसम्म सरसफाइ कार्यक्रम पनि गरिएको थियो ।