एम.बि. केडिया डेन्टल कलेज अभिमूखिकरण तथा स्वागत कार्यक्रम
वीरगंज, ५ माघ/एम.बी केडिया डेन्टल कलेजका बी.डि.एस. आठौं ब्याचका विद्यार्थीहरुको अभिमूखिकरण तथा स्वागत कार्यक्रमको आयेजना गरियो ।
नेपालमै डेन्टल शिक्षामा उत्कृष्ट छवि बनाउन सफल सो कलेजका आठौं व्याचमा भर्ना भएका नयाँ विद्यार्थीहरुको सो कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको सभापतित्व कलेजका अध्यक्ष तथा उद्योगपति राजेश केडियाले गर्नु भएको थियो । कलेजका प्राचार्य प्राध्यापक डा. एम.आई कुमारले विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै डेन्टल शिक्षाको महत्वबारे प्रकाश पार्नु भएको थियो । कलेजका सहायक प्रिन्सिपल डा. एस.के. सिंह, हस्पिटल सुपरिटेन्डेन्ट डा. सरताज सिंह वजिर, प्राध्यापक डा. रामावतार प्रसाद खेतानले मन्तव्य राख्नु भएको थियो ।
सो कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रोत्साहन गरी प्रमुख प्रशासकीय अधिकृत श्री विनोद कु. गुप्ताले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रम संचालन देव चौधरीले गर्नु भएको थियो ।