ब्रेकिङ समाचार

४८ जना मोतियाबिन्दूका रोगीहरुको निःशुल्क अपरेशन

वीरगंज, ८ माघ/लायन्स क्लवको आयोजनामा ४८ जना मोतियाबिन्दूका आँखा रोगीहरूको निःशुल्क सल्यक्रिया गरिएको छ ।
केडिया आँखा अस्पताल वीरगंजका चिकित्सकहरुको समुहले सोही अस्पतालमा ती विरामीहरुको सफल शल्यक्रिया गरेको कुरा लायन्स क्लव अफ वीरगंज आदर्शनगरका प्रेसिडेन्ट विनय वंशलले जानकारी गराउनु भयो ।

लायन्स क्लवका संस्थापक मेल्विन जोनको सप्ताह व्यापी जन्मजयन्ती मनाउने क्रममा माघ १ गते दुई वटा शिविरमा २६८ जनाको आँखा परीक्षण पश्चात ६२ जना मोतियाबिन्दूका विरामी फेला परेका थिए । सो अपरेशन गराउन आएका ५८ जना मध्ये ४८ जनाको निःशुल्क अपरेसन गरिएको छ भने केहीलाई रक्तचाप लागयतका कारण अपरेसन गर्न नसकिएको लायन्स क्लवका रिजन चेयर पर्सन उमेश साह कानुले जानकारी गराउनु भयो ।

वीरगंजका सम्पूर्ण लायन्स र लियो क्लवको सहयोगात्मक सहभागिता रहेको सो कार्यक्रममा क्लवका एडभाइजर संजय अग्रवाल, डिस्ट्रिक्ट एडभाइजर राम विहारी पाण्डे, विनित जैसवाल, प्रकाश वाहिती, भवरलाल पारिख लगायतको उपस्थिति रहेको थियो ।