उदाउँदै गरेका देउडा गीतका नव गायक कैलाश साउद ( रङ्गीबाज )
क्राइम चेक
भनिन्छ जेवन एउटा रंगमञ्च हो र यही रंगमञ्चमा हामी आ-आफ्नो मन परेको क्षेत्रमा समर्पित हुने गर्छौं र जीवनलाई रंग भर्दै रंगीन बनाउँछौं।यस्तै एउटा क्षेत्र हो संगीतको क्षेत्र ।
गीत संगीतमा नरम्ने शायदै कोही होला ! हाँसो , खुसी , आँसु र पिडा सबै हामी गीतका शब्द र संगीतको धुनले नै अनुमान लगाउँन सक्छौं।
विभिन्न भाषामा गाइने गीत चाहे हामी त्यो भाषा बुझौं या नबुझौं तर सुन्दा भने आनन्दीत अवश्य हुने गर्छौं । विभिन्न जात जातिको देश हाम्रो जहाँ विभिन्न भाषा बोल्ने गरिन्छ र विभिन्न भाषाका गीत पनि सुनिन्छ ।
समय अनुसारको गीत संगीत सुन्न मन पराउने म केही दिन अगाडी मात्रै उदाउँदै गरेका देउडा गीतका नव गायक कैलाश साउद ( रङ्गीबाज ) संग भलाकुसारी गर्ने मौका पायें ।
सुदुर पश्चिमको बैतडी जिल्लाको शिखरपुर गा.बि.स. कठमडाकाे साधारण परिवारमा ( २०४५ सालमा ) आमा बेली देवि साउद र बुवा हर्क बहादुर साउदको सन्तानको रुपमा जन्मिएका शुभ नाम कमल साउद भए पनि अहिले सुदुर पश्चिममा देउडा गायक कैलाश साउद ( रङ्गीबाज ) को नामले चर्चित छन् । अत्यन्त नम्र र सभ्य भाषा बोल्ने कैलाश साउद ( रङ्गीबाज ) क्राइम चेक पत्रिकाको लागि इजरायलमा रहदै आउनु भएकी सिता पौडेल संग गरियको छाेटाे मिठो कुराकानी कुराकानी
सिता = कतिबेलाको उमेर देखि गीत गाउन थाल्नु भयो ?
कैलाश साउद = म सानै देखि संगीतलाई अतीनै मन पराउथें वन , पाखा , उकाली , ओरालीमा र स्कुलमा पनि म गीत गुनगुनाइ रहन्थें ।
सिता = सांगीतिक क्षेत्रमा कहिले देखि लाग्नु भयो त ?
कैलाश साउद = प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गाउन मैले २०६३ बाट शुरु गरे पनि २०७२ साल देखि यो क्षेत्रमा लागेको हो , गायनमा मात्र नभइ शब्द रचनामा लय र संगीत पनि भर्ने गर्छु ।
सिता =अरुको रचनामा गाउनु हुन्छ या आफ्नै शब्दहरुमा स्वर दिनु हुन्छ ?
कैलाश साउद = अहिलेसम्म म आफ्नै रचना , संगीत अनि लयमा स्वर दिने गरेको छु र अब अरुको शब्द रचनामा पनि गाउने सोच बनाएको छु ।
सिता =कस्को प्रेरणा बाट सांगीतिक क्षेत्रमा प्रवेश गर्नु भयो ?
कैलाश साउद = यो मेरो रुचिको विषय भएकोले आमा बुवा बाट आशीर्वाद पायें र फेसबुक साथीहरुको हौसला , माया अनि समर्थनले यो क्षेत्रमा प्रवेश गरें ।
सिता =लोक देउडा गीत नैमन पर्नुको कारण ?
कैलाश साउद = म सुदुर पश्चिमको धर्तीलाई धेरै नै माया गर्छु र मैले देउडा गीत मन पराउनु को कारण सुदुर पश्चिमको पहिचान भनेको देउडा हो गौरव हो र म यही संसकार र संस्कृतिमा जन्मे हुर्कें , म सबै गीत मन पराउँछु तर विशेष देउडा गाउन , रच्न र सुन्न मन पराउँछु ।
सिता = कतिवटा एलबम निकाल्नु भएको छ ?
कैलाश साउद = अहिलेसम्म चारवटा एलबम निकालेको छु पहिलो एलबम २०७२ सालमा आफ्नै रचना र प्रस्तुतिमा निकालेको हो ।
सिता = अहिलेसम्म गाएका गीतहरूमा तपाईंलाई सब भन्दा मन पर्ने गीत कुन हो ?
कैलाश साउद चर्चित गीतहरु जुन मलाई पनि मन परेको छ
(१) आईजा भागी फेसबुकैमा भन्ने र
(२) बस्या मेरा ईजा बाबा भन्ने गीत हो ।
सिता =तपाईंलाई मन पर्ने गायक गायिका
कैलाश साउद = मन त सबै पर्छन् तर खासगरी गायक लोकेन्द्र बहादुर चन्द र गायिका गौरी भट्ट हुन् ।
सिता =कत्तिको सन्तुष्ट हुनुहुन्छ संगीतको दुनियाँमा ?
कैलाश साउद = हजुर म एकदम सन्तुष्ट र खुसी छु सम्पुर्ण संगीतप्रेमी स्रोताहरुको हौसला , माया र सहयोग छ ।
सिता = कत्तिको संघर्षमय छ सांगीतिक क्षेत्र ?
कैलाश साउद = धेरै नै संघर्षमय छ सांगीतिक क्षेत्र , धेरै संघर्ष गरें तर अहिले त्यसको फल पाई रहेको छु सबैको माया अनि समर्थनको रूपमा ।
सिता =के सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सजिलो छ त ?
कैलाश साउद = सांगीतिक क्षेत्रमा नै लागेर जीवन धान्न सजिलो छैन ! तर लामो समय संग मेहनत गरेर अति चर्चित बनेका गायक गायीकाहरुको लागि भने सजिलो छ अझ खासगरी गायीकाको लागी ।
सिता = धन्यवाद यहाँलाई आफ्नो व्यस्तता को बाबजुद पनि समय निकाल्नु भएकोमा , जाँदाजाँदै अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
कैलाश साउद = जाँदाजाँदै म तपाईंलाई हार्दिक धन्यवाद भन्न चाहन्छु छोटाे कुराकानी भए पनि मलाई प्रस्तुत हुने मौका दिनु भएकोमा र म के भन्न चाहन्छु भने पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न भाषा , संसकार , संस्कृति र परम्पराहरु हामी नेपालीको साझा सम्पत्ति हो हाम्रो पहिचान हो र यसलाई आफ्नो र पराइ नभनी सबै मिली जगेर्ना गर्नु पर्छ सम्मान गर्नु पर्छ अनि मात्र हाम्रो संस्कृति बचाउन सकिन्छ ।
सांगीतिक क्षेत्रमा पनि विभिन्न विकृति र बेसंगती भइ रहेको देख्दा डर लाग्छ कतै हाम्रो संस्कृति लोप हुने त होइन भनी , आफू चर्चामा आउनको लागी जे जस्तो पनि गीत रच्ने र गाउने गर्दा गीत चर्चामा त आउला तर विकृति पनि संगै भित्रीन्छ र चर्चामा आउँछ ।
संगीत साधना हो आराधना हो जस्मा सरस्वतीको बाँस हुन्छ ।हामी जो जहाँ भए पनि आफ्नो कला संस्कृतिलाई नभुलौं , संगीत दुख सुखको एक असल साथी हो मेरो अहिलेसम्मको बुझाई मा ।अन्त्यमा सम्पुर्ण स्रोताहरुमा सांगीतिक नमस्कार ! जय नेपाल ! जय संगीत ! धन्यवाद ।
भनिन्छ जेवन एउटा रंगमञ्च हो र यही रंगमञ्चमा हामी आ-आफ्नो मन परेको क्षेत्रमा समर्पित हुने गर्छौं र जीवनलाई रंग भर्दै रंगीन बनाउँछौं।यस्तै एउटा क्षेत्र हो संगीतको क्षेत्र ।
गीत संगीतमा नरम्ने शायदै कोही होला ! हाँसो , खुसी , आँसु र पिडा सबै हामी गीतका शब्द र संगीतको धुनले नै अनुमान लगाउँन सक्छौं।
विभिन्न भाषामा गाइने गीत चाहे हामी त्यो भाषा बुझौं या नबुझौं तर सुन्दा भने आनन्दीत अवश्य हुने गर्छौं । विभिन्न जात जातिको देश हाम्रो जहाँ विभिन्न भाषा बोल्ने गरिन्छ र विभिन्न भाषाका गीत पनि सुनिन्छ ।
समय अनुसारको गीत संगीत सुन्न मन पराउने म केही दिन अगाडी मात्रै उदाउँदै गरेका देउडा गीतका नव गायक कैलाश साउद ( रङ्गीबाज ) संग भलाकुसारी गर्ने मौका पायें ।
सुदुर पश्चिमको बैतडी जिल्लाको शिखरपुर गा.बि.स. कठमडाकाे साधारण परिवारमा ( २०४५ सालमा ) आमा बेली देवि साउद र बुवा हर्क बहादुर साउदको सन्तानको रुपमा जन्मिएका शुभ नाम कमल साउद भए पनि अहिले सुदुर पश्चिममा देउडा गायक कैलाश साउद ( रङ्गीबाज ) को नामले चर्चित छन् । अत्यन्त नम्र र सभ्य भाषा बोल्ने कैलाश साउद ( रङ्गीबाज ) क्राइम चेक पत्रिकाको लागि इजरायलमा रहदै आउनु भएकी सिता पौडेल संग गरियको छाेटाे मिठो कुराकानी कुराकानी
सिता = कतिबेलाको उमेर देखि गीत गाउन थाल्नु भयो ?
कैलाश साउद = म सानै देखि संगीतलाई अतीनै मन पराउथें वन , पाखा , उकाली , ओरालीमा र स्कुलमा पनि म गीत गुनगुनाइ रहन्थें ।सिता = सांगीतिक क्षेत्रमा कहिले देखि लाग्नु भयो त ?