प्रबासी हरुको सहयोगमा पर्बतमा रहेका दलित बिद्यार्थी हरुलाइ शुइटर तथा शैक्षिक सामग्री बितरण - -
पर्वतः

पर्वतको माझफाँटमा रहेको समाज कल्याण आधारभुत विद्यालयमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई सुईटर तथा शैक्षिक सामग्री वितरण गरिएको छ । पर्वत सेवा समाज नेपालको आयोजना तथा सामजिक अभियन्ता मुना शर्मा लामिछानेको संयोजकत्वमा विद्यालयमा अध्ययन गर्ने १ सय २ जना दलित विद्यार्थीलाई सुईटर तथा शैक्षिक सामग्री वितरण गरिएको हो । पर्वत सेवा समाज कोरिया शाखाका उपाध्यक्ष दिनेश ढकालको अगुवाइमा ५४ हजार वरावरको एक सय दुई थान सुईटर, ५ हजार बरावरको शैक्षिक सामग्री वितरण गरिएको थियो ।
त्यहाँ रहेका बिध्यार्थी हरुको लागि स्वइटर तथा शैक्षिक सामाग्री हरु कामको सिलसिलामा कोरियामा रहेका सहयोगी एबम परोपकारी भावना भावना भएका निम्न व्यक्ति हरुले सहयोग गरेका हुन् ! पर्बत सेवा समाज नेपालको कोरिया साखाका उपाध्यक्ष् दिनेस ढकाल , पवन रायमाझी सर्लाही , इन्द्र गुरुङ स्यांग्जा ,किरण श्रेष्ठ कुश्मा पर्बत ,बुद्ध जंग गुरुङ लम्जुंग ,शिव के सी पकुवा पर्बत .कृष्ण ज्ञवाली गुल्मी ,सानु थापा मगर गोर्खा ,राम खड्का दोलखा ,राजन तुलुंग काठमान्डू ,र भैरवाका खेम कुवरले गरेका थिए , !
उक्त कार्यक्रममा जयदुर्गा स्टेशनरी कुश्मा पर्वतले पनि सहयोग गरेको पर्वत सेवा समाज पर्वतका कार्यवाहक अध्यक्ष गणेशवहादुर क्षेत्रीले बताउनु भयो । पछाडी परेका समुदाय, गरिव, दलित जेहनदार, आमाबुवा गुमाएका र शैक्षिक सामग्री तथा न्यायो कपडा नपाएको विद्यालय छानेर सहयोग गरेको सामजिक अभियन्ता मुना शर्मा लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा जिल्ला शिक्षा कार्यालय पर्वतका श्रोत व्यक्ति सुभान्तनाथ सुबेदीले सहयोगले विद्यार्थीमा थप हौसला प्रदान गरेको बताउनु भयो । उहाँले शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै दलित र पिछडिएको समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउन सरकारले पनि ठोस कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा पर्वत सेवा समाज पर्वतका कार्यवाहक अध्यक्ष गणेशवहादुर क्षेत्री,रेडियो शालिग्रामका स्टेशन नेजर ओमप्रसाद घायल,सामाजिक अभियान्त मुना शर्मा लामिछाने, एकता युवा क्लवका अध्यक्ष अच्युुत तिवारी, मल्लाजका समाजसेवी टेकवहादुर जिसी,मल्लाज स्वास्थ्य चौकीका इन्चार्ज गोरे नेपाली, मल्लाज सामुदायिक सिँचाई केन्द्रका अध्यक्ष थलवहादुर जिसी, विद्यार्थी नेता नविन जिसी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले दलित र पिछडिएका समुदायलाई शिक्षाको मुलधारमा ल्याउन यस्तो कार्यक्रम प्रवाभकारी हुने कुरामा जोड दिएका थिए । उक्त कार्यक्रममा विद्यालयको शैक्षिक सुधारका लागि महत्वपूर्ण योगदान पु¥याउन सहयोग गर्ने श्रोत व्यक्ति सुभन्तानाथ,सुवेदी, पर्वत सेवा समाजका कार्यवाहक अध्यक्ष गणेशवहादुर क्षेत्री,सामाजिक अभियान्ता मुना शर्मा लामिछाने,एकता युवा क्लवका अध्यक्ष अच्युत तिवारी र सवारी चालक युवराज पुनलाई विद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको छ । शिक्षक अभिभावक संघका अध्यक्ष मुना नेपालीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सदस्य लिला नेपाली र कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक ओमवहादुर जिसीले गर्नुभएको थियो !

पर्वतको माझफाँटमा रहेको समाज कल्याण आधारभुत विद्यालयमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई सुईटर तथा शैक्षिक सामग्री वितरण गरिएको छ । पर्वत सेवा समाज नेपालको आयोजना तथा सामजिक अभियन्ता मुना शर्मा लामिछानेको संयोजकत्वमा विद्यालयमा अध्ययन गर्ने १ सय २ जना दलित विद्यार्थीलाई सुईटर तथा शैक्षिक सामग्री वितरण गरिएको हो । पर्वत सेवा समाज कोरिया शाखाका उपाध्यक्ष दिनेश ढकालको अगुवाइमा ५४ हजार वरावरको एक सय दुई थान सुईटर, ५ हजार बरावरको शैक्षिक सामग्री वितरण गरिएको थियो ।त्यहाँ रहेका बिध्यार्थी हरुको लागि स्वइटर तथा शैक्षिक सामाग्री हरु कामको सिलसिलामा कोरियामा रहेका सहयोगी एबम परोपकारी भावना भावना भएका निम्न व्यक्ति हरुले सहयोग गरेका हुन् ! पर्बत सेवा समाज नेपालको कोरिया साखाका उपाध्यक्ष् दिनेस ढकाल , पवन रायमाझी सर्लाही , इन्द्र गुरुङ स्यांग्जा ,किरण श्रेष्ठ कुश्मा पर्बत ,बुद्ध जंग गुरुङ लम्जुंग ,शिव के सी पकुवा पर्बत .कृष्ण ज्ञवाली गुल्मी ,सानु थापा मगर गोर्खा ,राम खड्का दोलखा ,राजन तुलुंग काठमान्डू ,र भैरवाका खेम कुवरले गरेका थिए , !
उक्त कार्यक्रममा जयदुर्गा स्टेशनरी कुश्मा पर्वतले पनि सहयोग गरेको पर्वत सेवा समाज पर्वतका कार्यवाहक अध्यक्ष गणेशवहादुर क्षेत्रीले बताउनु भयो । पछाडी परेका समुदाय, गरिव, दलित जेहनदार, आमाबुवा गुमाएका र शैक्षिक सामग्री तथा न्यायो कपडा नपाएको विद्यालय छानेर सहयोग गरेको सामजिक अभियन्ता मुना शर्मा लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा जिल्ला शिक्षा कार्यालय पर्वतका श्रोत व्यक्ति सुभान्तनाथ सुबेदीले सहयोगले विद्यार्थीमा थप हौसला प्रदान गरेको बताउनु भयो । उहाँले शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै दलित र पिछडिएको समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउन सरकारले पनि ठोस कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।कार्यक्रममा पर्वत सेवा समाज पर्वतका कार्यवाहक अध्यक्ष गणेशवहादुर क्षेत्री,रेडियो शालिग्रामका स्टेशन नेजर ओमप्रसाद घायल,सामाजिक अभियान्त मुना शर्मा लामिछाने, एकता युवा क्लवका अध्यक्ष अच्युुत तिवारी, मल्लाजका समाजसेवी टेकवहादुर जिसी,मल्लाज स्वास्थ्य चौकीका इन्चार्ज गोरे नेपाली, मल्लाज सामुदायिक सिँचाई केन्द्रका अध्यक्ष थलवहादुर जिसी, विद्यार्थी नेता नविन जिसी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले दलित र पिछडिएका समुदायलाई शिक्षाको मुलधारमा ल्याउन यस्तो कार्यक्रम प्रवाभकारी हुने कुरामा जोड दिएका थिए । उक्त कार्यक्रममा विद्यालयको शैक्षिक सुधारका लागि महत्वपूर्ण योगदान पु¥याउन सहयोग गर्ने श्रोत व्यक्ति सुभन्तानाथ,सुवेदी, पर्वत सेवा समाजका कार्यवाहक अध्यक्ष गणेशवहादुर क्षेत्री,सामाजिक अभियान्ता मुना शर्मा लामिछाने,एकता युवा क्लवका अध्यक्ष अच्युत तिवारी र सवारी चालक युवराज पुनलाई विद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको छ । शिक्षक अभिभावक संघका अध्यक्ष मुना नेपालीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सदस्य लिला नेपाली र कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक ओमवहादुर जिसीले गर्नुभएको थियो !