रिजन तथा दोश्रो जोनल एडभाइजरी कमिटी मिटिङ सम्पन्न
वीरगंज, १५ माघ /
आज वीरगंज–जितपुर सीमरा एरियाका सम्पूर्ण लायन्स क्लवहरुद्वारा रिजन तथा दोश्रो एडभाइजरी कमिटि मिटिङ सम्पन्न गरियो ।
सो कार्यक्रमका सभापतित्व लायन उमेश साह कानुले गर्नु भएको थियो भने प्रमुख अतिथि पिएम सिसी एमजेएफ लायन रमेश कुमार अग्रवाल रहनु भएको थियो । सो कार्यक्रममा रिजन तथा जोन पदाधिकारीहरुले आफ्ना मातहतमा रहेका लायन्स क्लवहरुको प्रगति विवरण पेश गर्नुको साथै आगामी दिनका कार्ययोजनाहरुबारे छलफल गरेका थिए ।
कर्यक्रममा प्रमुख अतिथि लायन रमेश अग्रवालले वीरगंजका लायन्स क्लवहरुलाई थप सक्रिय बनाउँदै समाजमा विशिष्ट पहिचान बनाउन वृहत्त कार्ययोजनाहरु ल्याउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कर्यक्रममा रिजन पदाधिकारीहरु लायन उमेश साह कानु, विनित जैसवाल, तथा मनिस शिस्काले आ–आफ्ना मन्तव्य राख्नु भएको थियो । त्यस्तै जोन पदाधिकारीहरु तथा क्लवका अध्यक्षहरुले पनि आफ्ना क्लवका प्रगति विवरणबारे प्रकाश पार्नु भएको थियो भने सिनियर एडभाइजर लायन देवकी नन्दन अग्रवाल, एरिया चिफ लायन देव चौधरीलगायतले लायन कार्ययोजनाबारे प्रकाश पार्नु भएको थियो । साथै उत्कृष्ट लायन्स क्लव वीरगंज ग्रीन तथा लायन्स क्लव वीरगंज गोल्डेन स्पायरो सो कार्यक्रममा पुरस्कृत भएका थिए । लायन संजय साहले सो कार्यक्रम संचालन गर्नु भएको थियो ।